Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

प्रदेश समाचार


इजरायल भ्रमण नगर्न सरकारको आग्रह

काठमाडौं । सरकारले इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न सुझाव दिएको छ । इजरायलको अवस्था अझै सामान्य नभएकाले सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न सुझाव दिएका हुन् । उनले इजरायलमा रहेका नेपालीहरुको अवस्थाबारे समितिमा जानकारी समेत गराए । मन्त्री

राष्ट्रिय शोक : राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ । आज बिहान ११ः१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान ११ः३१ बजे बस्ने गरी अध्यक्ष गणेशपसाद तिमिल्सिनाले निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइको छ । इजरायलमा मारिएका

गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध

गोरखा । पर्यटकीय गन्तव्य गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध छ । वर्षा सुरु भएदेखि नै पहिराले अवरुद्ध भएको सडक अझैसम्म पनि सञ्चालन हुन नसक्दा लाप्राकमा दैनिक उपभोग्य सामग्री पुर्‍याउनसमेत कठिनाइ भएको स्थानीयले बताएका छन् । “सडकमा गाडी चल्न नसकेको तीन महिना भइसक्दा पनि अवरुद्ध सडक

घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए रु एक हजार जरिवाना !

२३ ,असोज ,गण्डकी । घरपालुवा कुकुरलाई जथाभावी दिशा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ । सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताईन् । “घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा–पिसाब गराउने गरेको व्यापक

कर्णालीमा ‘लागुऔषधविरुद्ध लालटिन’ अभियान

२३ ,असोज ,कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ का साथमा ‘लागुऔषधविरुद्ध लालटिन’ सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश प्रहरी सुर्खेतले सोमबार वीरेन्द्रनगरमा अन्तक्र्रिया तथा छलफल कार्यक्रम गरी सरोकारवालाबाट उक्त अभियान सञ्चालनका लागि सुझाव सङ्कलन गरिएको छ । पछिल्लो समयमा लागुऔषधको कारोबारी तथा

सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला बिक्री

२३ ,असोज ,झापा । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ । उपभोक्ता जागरण अभियान मेचीनगरले हालै गरेको अनुगमनमा मेचीनगर नगरपालिकाको प्रशासनिक कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, अस्पताललगायतका सार्वजनिकस्थलबाट एक सय मिटरभित्र चुरोट, बिँडी, खैनी र गुट्खाको

महाकाली नदी किनारमा खुला बिचभलिबल हुने

२३ ,असोज ,महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको महाकाली नदी किनारामा रु एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ । यहाँस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा पहिलोपटक प्रथम पुरुष खुला तथा भेट्रान भलिबल प्रतियोगिता यही असोज २९ गतेदेखि

प्रिमियर कप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । एसिसी यू–१९ प्रिमियर कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । टोलीलाई बिदाइ गर्दै क्यानका सचिव पारस खड्काले यू–१९ टिम गरेको प्रदर्शन सिनियर टिममा आउने महत्वपूर्ण बाटो भएकाले सबैलाई राम्रो प्रदर्शन गर्न शुभकामना

बालसुधार गृहको पूर्वाधार र व्यवस्थापन दयनीय : मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र व्यवस्थापनको अवस्था अत्यन्त दयनीय रहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री आचार्यले राज्यको सीमित स्रोत र साधनले बालगृहको सहज व्यवस्थापनमा चुनौती खडा भएको

ईयूले नेपालको संविधान र सङ्घीय शासनमा सहयोग गर्ने

काठमाडौं । नेपालका लागि युरोपियन युनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले नेपालको संविधान र सङ्घीय शासन व्यवस्थासहित समृद्धिका पक्षमा गरिरहेको सहयोगलाई निरन्तरता दिइने बताएका छन् । नवनियुक्त राजदूत लोरेन्जोले आज सङ्घीय शासन व्यवस्था अपनाएको नेपालको समृद्धिमा सहयोग जारी रहने बताएका हुन् । राजदूत लोरेन्जोले नेपालको गुणस्तरीय शिक्षा, क्षमतामूलक समाज निर्माण, जलवायु

सम्वन्धित समाचारहरु