२६ श्रावण, भक्तपुर । प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकीगाउँबाट रु १५ लाख नेपाली नक्कली नोट बरामद गरेको हो । प्रहरी वृत्त थानकोटले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा नौ
२६ ,श्रावण ,गोलबजार । सिराहामा चर्को मिटरब्याजको रकम चलाउने आरोपमा एक महिला पक्राउ परेकी छन् । मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया सुजाता साह पक्राउ परेकी हुन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । स्थानीय ममतादेवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेनसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर
२६ ,श्रावण ,चितवन । डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी बिरामी भई यही साउन २३
२६ ,श्रावण ,कास्की । पोखरा महानगर क्षेत्रको फोहर व्यवस्थापनमा दुई सातादेखिको उत्पन्न समस्या समाधान भएको छ । पोखरा महानगरले अस्थायी ल्यान्डफिल साइट बनाएको पोखरा–३२ लामेआहालका स्थानीयवासीको अवरोधपछि फोहर व्यवस्थापनमा समस्या भएकामा बिहीबार महानगर र फोहर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समितिका बीचमा सहमति भएको हो । महानगरले ल्यान्डफिल साइटमा फोहर व्यवस्थापन
२६ ,श्रावण ,खाँदबारी । सुरक्षा घेराभित्र दुई जना कैदीको शङ्कास्पद मृत्यु भएको घटनाको छानबिन गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बनाएको समितिले हिजोदेखि काम सुरु गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय समितिले अनुसन्धानको काम सुरु गरेको हो । समितिमा प्रहरी निरीक्षक जितेश दाहाल,
२६ ,श्रावण ,भजनी । बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी शान्तले सुत्न पाउँदैनन् । “बर्सेनि बाढीले विस्थापित बनाउँछ । दुई–तीन महिना सडकमै बास हुन्छ”, स्थानीय सुरेन्द्र चौधरी भन्छन्, “बाढीका तीन
२५ ,श्रावण ,सुरुङ्गा (झापा) । झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा रहेको सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालका अनुसार विजय भुजेलकी चार वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीका तीन वर्षीय छोरा कुमार जोगीको आज डुबेर मृत्यु
२५ ,श्रावण ,जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिकामा अवस्थित मरहाखोलाले बगाउँदा मङ्गलबार साँझ बेपत्ता भएका व्यक्तिको आज दिउँसो शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार सोनमा गाउँपालिका–१ का तसलिम अन्सारीका छोरा ३८ वर्षीय जाबिर अन्सारीलाई मरहा खोलाको बाढीले बगाएर बेपत्ता बनाएकामा आज
२५ ,श्रावण ,गण्डकी । बिजनेस नभएपछि आज दिउँसो १ः०० बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक यही साउन २९ गतेसम्मका लागि स्थगन भएको छ । विशेष कारण जनाउँदै सूचना टाँसेर बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो ।
२५ श्रावण, इलाम । श्रीमतीको हत्या गरी फरार रहेका पूर्णबहादुर तामाङलाई इलाम जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । इलाम सूर्योदय नगरपालिका–२, सयपत्री टोलमा सोमबार राति श्रीमतीको हत्या गरी फरार रहेका तामाङलाई सोही वडाको लालिखर्कबाट पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । निज