Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

खोलाले बगाएर बेपत्ता भएकाको शव फेला


२५ ,श्रावण ,जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिकामा अवस्थित मरहाखोलाले बगाउँदा मङ्गलबार साँझ बेपत्ता भएका व्यक्तिको आज दिउँसो शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार सोनमा गाउँपालिका–१ का तसलिम अन्सारीका छोरा ३८ वर्षीय जाबिर अन्सारीलाई मरहा खोलाको बाढीले बगाएर बेपत्ता बनाएकामा आज दिउँसो उनको शव सोनमा गाउँपालिका–१ को गोबरहिया गाउँमा फेला परेको हो ।

गाउँको छेउबाटै बग्ने मरहा खोलामा मङ्गलबार साँझ बाढी आएको बेला खोला तर्ने क्रममा उनि बेपत्ता भएका थिए । आज नदीको पानी कम भएपछि उनको शव पानीभित्रै झाडीमा अडिएको अवस्थामा फेला परेको हो ।

बेपत्ता भएका उहाँको मङ्गलबारदेखि नै परिवारजन तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतले खोजी गर्दै आएको थियो ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?