Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

खोलाले बगाएर बेपत्ता भएकाको शव फेला


२५ ,श्रावण ,जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिकामा अवस्थित मरहाखोलाले बगाउँदा मङ्गलबार साँझ बेपत्ता भएका व्यक्तिको आज दिउँसो शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार सोनमा गाउँपालिका–१ का तसलिम अन्सारीका छोरा ३८ वर्षीय जाबिर अन्सारीलाई मरहा खोलाको बाढीले बगाएर बेपत्ता बनाएकामा आज दिउँसो उनको शव सोनमा गाउँपालिका–१ को गोबरहिया गाउँमा फेला परेको हो ।

गाउँको छेउबाटै बग्ने मरहा खोलामा मङ्गलबार साँझ बाढी आएको बेला खोला तर्ने क्रममा उनि बेपत्ता भएका थिए । आज नदीको पानी कम भएपछि उनको शव पानीभित्रै झाडीमा अडिएको अवस्थामा फेला परेको हो ।

बेपत्ता भएका उहाँको मङ्गलबारदेखि नै परिवारजन तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतले खोजी गर्दै आएको थियो ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?