Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सिराहामा मिटरब्याजीको आरोपमा महिला पक्राउ


२६ ,श्रावण ,गोलबजार । सिराहामा चर्को मिटरब्याजको रकम चलाउने आरोपमा एक महिला पक्राउ परेकी छन् ।

मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया सुजाता साह पक्राउ परेकी हुन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

स्थानीय ममतादेवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेनसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बूले जानकारी दिए ।

उनिमाथि थप अनुसन्धान भइरहेको बताइएको छ । साहमाथि प्रहरी र जिल्ला प्रशासनमा उजुरी परेको छ ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?