Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
३० पुष २०८२, बुधबार
३० पुष २०८२, बुधबार

प्रदेश समाचार


सशस्त्र प्रहरी बलको नियमावली संशोधन गरिने

१२ वैशाख ,काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । मन्त्रिपरिषद्ले काठमाडौँ–तराई मधेस फास्ट ट्रयाकअन्तर्गतको जग्गा प्राप्तिको विषय जतिसक्दो चाँडो टुङ्ग्याउने, कृषि तथा

बागमती प्रदेशसभा बैठक : राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण

१२ वैशाख ,मकवानपुर । बागमती प्रदेशसभाका सदस्यहरुले राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रदेशसभाको पहिलो बैठकको विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यले आगामी आवको बजेट तर्जुमा गर्दा जनमुखी एवं जनताप्रति उत्तरदायित्व बोध हुनेखालको निर्माण गरिनुपर्ने सुझाव प्रस्तुत गरे । बैठकमा सत्तापक्षका सदस्यले काठमाडौँमा सोमबार राति भएको फ्याई

सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो

१२ वैशाख ,कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो रूपमा रहेको छ । देशकै सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या उच्च रहेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा औलो नियन्त्रण कार्यक्रमका अनुसार सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या एक सय ८१ रहेको छ । सुदूरपश्चिम प्रदेशपछि लुम्बिनी

ठूला तथा मझौला उद्योगको समस्या समाधान गर्छौँ : मुख्यमन्त्री कार्की

१२ वैशाख ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिमेकी मुलुकको कच्चा पदार्थबाट सञ्चालन हुने ठूला तथा मझौला उद्योगको समस्या समाधानका लागि उचित पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित उद्योग सङ्घ र सङ्गठनमा आवद्ध उद्योगी एवं व्यापारीसँगको छलफलमा उहाँले उद्योग सञ्चालनका क्रममा

लुम्बिनीमा नयाँ सरकार गठनमा ढिलाइ

१२ वैशाख ,लुम्बिनी । नेकपा (एमाले) नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विश्वासको मत नपाएको दुई दिनसम्म पनि नयाँ सरकार निर्माण प्रक्रियाले प्रवेश पाउन सकेको छैन । प्रदेश प्रमुख अमिक शेरचन कानुनी परामर्शमा रहेकाले सरकार गठनका लागि आह्वानमा ढिलाइ भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेपालको संविधान धारा १६८ बमोजिम प्रदेश

चन्द्रनगरले सुरु गर्यो धनी पुर्जा वितरण

१२ वैशाख, सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरेको छ । चन्द्रनगर गाउँपालिका–४ स्थित गढाटोलाबाट जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरिएको पालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए । वडा नं ४ को दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा

दुर्घटना न्यूनिकरण गर्न गलकोटमा सिसिटिभी क्यामरा

१२ वैशाख, बागलुङ । गलकोट क्षेत्रमा बढ्दो चोरीका घटना न्यूनिकरणका लागि सिसिटिभी क्यामरा जडान गरिएको छ । वैदेशिक रोजगारी तथा बसाइँसराइँका कारण गाउँ खाली हुँदै गएपछि बन्द रहेका घरमा चोरीका घटना बढ्न थालेपछि सिसिटिभी क्यामरा जडान गरिएको हो । गाउँका घरमा बुढाबुढी मात्रै भएको र ताला लगाएका घरमा पनि चोरी

असिनाले बालीमा क्षति पुर्याएका किसानलाई राहत उपलब्ध गराउन सिफारिस

१२ वैशाख, झापा । असिनासहितको वर्षाले कृषिबालीमा क्षति पुर्याएपछि यहाँका किसनालाई राहत उपलब्ध गराउन सिफारिस गरिएको छ । गत चैत १७ गते आएको असिनासहितको वर्षाले पाँच वटा पालिकाको एक हजार नौ हेक्टरमा लगाएको कृषिबाली (मकै र तरकारी) क्षति पुगेपछि सोको स्थलगत अनुगमन गरी किसानलाई राहत उपलब्ध गराउन कृषि मन्त्रालयमा सिफारिस

मापदण्डविपरीतका संरचना हटाउँदै सिरहा नगरपालिका

१२ वैशाख, सिरहा । सिरहा नगरपालिकाले सिरहा–माडर सडक खण्डमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले सडक साँघुरो पारेका र सहरी सुन्दरता विगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो । नगरभित्रका मुख्य सडकलाई ३० मिटर चौडा बनाउन मापदण्डविपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ ।

गण्डकीमा सरकार गठनका लागि आह्वान

१२ वैशाख, पोखरा । गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार तीन दिन (वैशाख १४ गते दिनको ४ बजे) भित्रमा सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्वन्धित समाचारहरु