Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

चन्द्रनगरले सुरु गर्यो धनी पुर्जा वितरण


१२ वैशाख, सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरेको छ । चन्द्रनगर गाउँपालिका–४ स्थित गढाटोलाबाट जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरिएको पालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

वडा नं ४ को दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरेर अभियान सुरुआत गरिएको नापी कार्यालयका प्रमुख सञ्जय मनान्धरले बताए । उनका अनुसार पुस्तौँ पुस्तादेखि जोतभोग गरिरहेको गाउँ ब्लक जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिहरुलाई प्रदान गरिएको छ ।

“पुस्ताैँदेखि जोतभोग गरिरहेको जमिनको पहिलोपटक जग्गा धनी पुर्जा प्राप्त हुँदा आफूलाई निकै खुसी लागेको छ ।’’ स्थानीयवासी नागेन्द्र महराले भने, “आफ्नो पिता पुर्खादेखि लालपुर्जा नहुँदा धेरै दुःख पाइया थियो । बल्ल अहिले आफूले जोत भोग गरेको जमिनको जग्गाधनी पुर्जा प्राप्त भयोे ।”

वर्षौं वर्षदेखि आफूहरू जग्गा भएर पनि जग्गाविहीन भएर बस्न बाध्य भएकामा अहिले धनी पुर्जा प्राप्त हुँदा खुसी लागेको अर्का स्थानीयवासी संझादेवी माझीले बताए ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?