Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

चन्द्रनगरले सुरु गर्यो धनी पुर्जा वितरण


१२ वैशाख, सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरेको छ । चन्द्रनगर गाउँपालिका–४ स्थित गढाटोलाबाट जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरिएको पालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

वडा नं ४ को दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरेर अभियान सुरुआत गरिएको नापी कार्यालयका प्रमुख सञ्जय मनान्धरले बताए । उनका अनुसार पुस्तौँ पुस्तादेखि जोतभोग गरिरहेको गाउँ ब्लक जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिहरुलाई प्रदान गरिएको छ ।

“पुस्ताैँदेखि जोतभोग गरिरहेको जमिनको पहिलोपटक जग्गा धनी पुर्जा प्राप्त हुँदा आफूलाई निकै खुसी लागेको छ ।’’ स्थानीयवासी नागेन्द्र महराले भने, “आफ्नो पिता पुर्खादेखि लालपुर्जा नहुँदा धेरै दुःख पाइया थियो । बल्ल अहिले आफूले जोत भोग गरेको जमिनको जग्गाधनी पुर्जा प्राप्त भयोे ।”

वर्षौं वर्षदेखि आफूहरू जग्गा भएर पनि जग्गाविहीन भएर बस्न बाध्य भएकामा अहिले धनी पुर्जा प्राप्त हुँदा खुसी लागेको अर्का स्थानीयवासी संझादेवी माझीले बताए ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?