Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

दुर्घटना न्यूनिकरण गर्न गलकोटमा सिसिटिभी क्यामरा


१२ वैशाख, बागलुङ । गलकोट क्षेत्रमा बढ्दो चोरीका घटना न्यूनिकरणका लागि सिसिटिभी क्यामरा जडान गरिएको छ । वैदेशिक रोजगारी तथा बसाइँसराइँका कारण गाउँ खाली हुँदै गएपछि बन्द रहेका घरमा चोरीका घटना बढ्न थालेपछि सिसिटिभी क्यामरा जडान गरिएको हो ।

गाउँका घरमा बुढाबुढी मात्रै भएको र ताला लगाएका घरमा पनि चोरी हुन थालेपछि गलकोट नगरपालिकाले त्यस्ता घटना न्यूनिकरणका लागि सिसिटिभी क्यामरा जडान गरेको हो ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गबीच भागमा पर्ने गलकोट क्षेत्र पछिल्लो समय तीव्ररुपमा सहरीकरण भइरहेको छ । सहरीकरणसँगै आपाराधिक घटना बढ्दै गएपछि नगरपालिकाले हटियाबजार नरेठाँटी, मल्म, हरिचौर बजार, भ्यूटावर,लगायतका गलकोटको मुख्य बजार क्षेत्र र नाकामा २० वटा सिसिटिभी क्यामेरा जडान गरेको छ ।

सिसिटिभी क्यामेरा जडानपछि आपाराधिक क्रियाकलाप न्यूनिकरण हुनेमा नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले विश्वास व्यक्त गरे । नगरपालिकाले यसका लागि चालु आर्थिक वर्षमा रु १० लाख बजेट बिनियोजन गरेको थियो । सिसिटिभी क्यामरा ‘कन्ट्रोल रुम’ इलाका प्रहरी कार्यालय हरिचौरमा राखिनेछ ।

“अहिले लोकमार्ग छेउछाउका क्षेत्रमा धमाधम घर भवन बनिरहेका छन्, सँगसँगै बढ्दो बजारीकरणका कारण यहाँ धेरै घटना पनि हुने गरेका छन्”, उनले भने, “त्यस्ता घटना नियन्त्रण गर्न हामीहरुले बजार क्षेत्रमा र सम्भावित घटना हुने ठाउँमा सिसिटिभी क्यामरा जडान गरेका हौँ । आवश्यता अनुसार अन्य क्षेत्रमा पनि विस्तारै जडान गरिनेछ ।”

नगरप्रमुख भरत शर्मा गैरेले बजारलाई व्यवस्थित गर्न सिसी क्यामराले ठूलो टेवा पुर्याउनेमा विश्वास व्यक्त गरे । समय–समयमा बजार क्षेत्रमा गलत क्रियाकलाप हुने र नगरपालिकाले बनाएका नीति नियमलाई पालन नगरेको पाइएकोमा अब सिसिटिभी क्यामरामार्फत निगरानी गर्ने उनको भनाइ छ । यसले जथाभावी फोहर फाल्ने, तोडफोड हुने घटना पनि अब न्यूनिकरण हुने प्रमुख गैरेले बताए ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?