Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

सशस्त्र प्रहरी बलको नियमावली संशोधन गरिने


१२ वैशाख ,काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

मन्त्रिपरिषद्ले काठमाडौँ–तराई मधेस फास्ट ट्रयाकअन्तर्गतको जग्गा प्राप्तिको विषय जतिसक्दो चाँडो टुङ्ग्याउने, कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी प्रस्ताव छलफलका लागि समितिमा पठाउने र जग्गा कित्ताकाटको विषय अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय पनि गरेको छ ।

मन्त्री ज्वालाले भने, “आजको क्याबिनेटमा काठमाडौँ–तराई मधेस फाष्ट ट्रयाकको सन्दर्भमा जग्गा प्राप्तिको विषयमा केही दिन अगाडि गठन गरिएको उच्चस्तरीय समितिले काम अगाडि बढाएको छ र छिट्टै जग्गा प्राप्तिको काम अगाडि बढाउने निर्णय भएको छ ।”


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?