Trending
>>   आज मिति २०८२ साल जेठ १८ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   ललितपुर महानगरपालिकाले २४ जनालाई दियो विपद् उद्धार सम्बन्धी तालिम >>   पूर्वराजा शाहलाई गगन थापाको प्रश्न :राजतन्त्र आएपछि के हुन्छ ? >>   कहिले-कहिले अराजनीतिक कदम पनि चाल्नुपर्छः प्रधानमन्त्री ओली >>   २३ महिनादेखि रोकिएका आइपिओ समयमै नआए सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य पूरा हुन सक्दैनः अध्यक्ष… >>   ठूला दलका शिर्ष नेताहरुले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन्ः गगन थापा >>   कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ >>   पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम छः महासचिव भुसाल >>   राष्ट्रिय हितको पक्षमा उभिँदा एमालेमाथि आक्रमणः वरिष्ठ उपाध्यक्ष पोखरेल >>   एमालेको स्पष्ट बहुमत आउनु नै मिसन ०८४ः प्रधानमन्त्री ओली
Logo
१८ जेष्ठ २०८२, आईतवार
१८ जेष्ठ २०८२, आईतवार

सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो


१२ वैशाख ,कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो रूपमा रहेको छ । देशकै सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या उच्च रहेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा औलो नियन्त्रण कार्यक्रमका अनुसार सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या एक सय ८१ रहेको छ ।

सुदूरपश्चिम प्रदेशपछि लुम्बिनी प्रदेशमा औलोका बिरामीको सङ्ख्या एक सय ५८ रहेको छ । कर्णालीमा ४८, मधेसमा ४४, बागमतीमा ४२, गण्डकीमा १२ र कोशीमा पाँच औलोका बिरामी रहेका छन् । देशभरमै औलोका बिरामीको सङ्ख्या चार सय ९१ रहेको छ । औलोको जोखिममा रहेको जनसङ्ख्या देशभरमा एक करोड एक लाख ४० हजार रहेको छ ।

नेपाल औलो रणनीतिक योजनाअन्तर्गत सन् २०२५ सम्म देशलाई औलो उन्मूलन गर्ने उद्देश्य राखिए पनि सुुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्नुमा खुला सीमा नाका जिम्मेवार रहेको छ । न्यून आयस्रोत भएका व्यक्तिहरू भारतमा मजदुरी गर्न जाने गर्दछन् । भारतबाटै औलोको सङ्क्रमण भएर फर्कने हुदा बिरामीको सङ्ख्या अधिक देखिएको हो ।

आव २०७९/०८० मा सुदूरपश्चिम प्रदेशमा आयातित बिरामीको सङ्ख्या एक सय ६५ रहेको छ भने स्थानीय बिरामीको सङ्ख्या १६ मात्रै रहेको छ । जोखिमयुक्त मानिने प्लाज्मोडिएम फाल्सिरम बिरामीको सङ्ख्या प्रदेशमा २० रहेको छ । औलो रोकथामका लागि ७३ हजार पाँच सय ३८ परिवारलाई विषादीयुक्त झुल वितरणको कार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत हेमराज जोशीले बताए ।

उनका अनुसार गर्भवती तथा औलोको जोखिममा रहेका व्यक्तिलाई २१ हजार चार सय झुल वितरण गरिएको छ । सबैभन्दा बढी प्रदेशमा १५ वर्षमाथिका एक सय ६४ महिला पुरुषमा औलोको सङ्क्रमण देखिएको छ । “प्रदेशमा औलोबारे अनुसन्धान अध्ययन गर्न लामखुट्टे अनुसन्धान प्रयोगशाला स्थापना गरिएको छ”, उनले भने, “प्रयोगशाला स्थापना भएपछि औलो सार्ने लामखुट्टेको पहिचान गर्ने कार्यसँगै ग्रामीण क्षेत्रसम्म औलो जाँचको कार्य भइरहेको छ ।”

औलो रोग निवारणका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने कार्यसँगै अस्पताल, स्वास्थ्य चौकीको क्षमता विस्तारका लागि कार्य भइरहेको भए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । “सीमित साधन स्रोतमै काम गर्नुपरेको छ”, उहाँले भन्नुभयो, “साधन स्रोतमा वृद्धिसँगै कार्य अगाडि बढाइए औलो उन्मूलनको कार्यमा टेवा पुर्याउन सकिन्छ ।”

पहिले हजारौँको सङ्ख्यामा औलोका बिरामी हुने गरेको उल्लेख गर्नुहुँदै उहाँले औलो निवारणका लागि कार्यक्रम आयोजना हुन थालेपछि औलोका रोगीको सङ्ख्या घट्दै गएको बताए । “औलोलाई शून्यमा झार्ने हो भने जनचेतनाको कार्यलाई व्यापकरूपमा अगाडि लैजानुपर्छ”, कञ्चनपुरको लालझाडी गाउँपालिकाको देखतभूली स्वास्थ्य चौकीका प्रमुख लिलाकान्त झाले भने, “औलोका बिरामीलाई उपचार गर्ने कार्यलाई सहज बनाउन प्रयोगशालालाई आधुनिक बनाइनुपर्छ ।”

स्वास्थ्य संस्थामा गुणस्तरीय जाँच, उपचारको न्यायोचित पहुँचसँगै रोकथामका प्रभावकारी उपचाय अवलम्बन गरिए औलो निवारणमा टेवा पुर्याउन सकिने उहाँले बताए ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?