Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

बागमती प्रदेशसभा बैठक : राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण


१२ वैशाख ,मकवानपुर । बागमती प्रदेशसभाका सदस्यहरुले राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रदेशसभाको पहिलो बैठकको विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यले आगामी आवको बजेट तर्जुमा गर्दा जनमुखी एवं जनताप्रति उत्तरदायित्व बोध हुनेखालको निर्माण गरिनुपर्ने सुझाव प्रस्तुत गरे । बैठकमा सत्तापक्षका सदस्यले काठमाडौँमा सोमबार राति भएको फ्याई दुबई उडानको क्रममा भएको आकस्मिक घटनामा सबै यात्रु सकुशल भएकोमा धन्यवाद ज्ञापन गरे ।

उनिहरूले प्रदेश सरकारले सङ्घीय सरकारसँग समन्वय गरे आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन र उडान गर्नुभन्दा अगाडि पूर्ण प्राविधिक जाँच गरेर मात्र उडान अनुमति दिनुपर्नेमा जोड दिएका थिए । यसैगरी, उनिहरूले सिन्धुपाल्चोकको केही भागमा बर्सातको समयमा बाढीपहिरोको प्रभावबाट जोगाउन आवश्यक तटबन्धन निर्माण गर्ने र पीडित परिवारलाई सरकारले अब पुनःबासको व्यवस्था गर्न र बस्ती जोगाउन दीर्घकालीन योजना तर्जुमा गर्नुपर्ने धारणा व्यक्त गरे ।

बैठकमा प्रदेशको १३ वटै जिल्लामा अहिले मौसमी खेतीपातीको लागि किसानलाई सुलभ तरिकाले मल उपलब्ध गराउनुपर्ने र किसानले उत्पादन गरेको बीउबिजन, हरियो तरकारी र फलफूललाई शीतभण्डारको व्यवस्था गरी पायक पर्ने बजारसम्म पुर्याउने व्यवस्था गर्न पहल गर्नुपर्नेमा जोड दिइएको थियो । यसैगरी, प्रतिपक्षमा सांसदले प्रदेशको विभिन्न संवेदनशील वन्यजन्तु आरक्षमा डडेलोको प्रभावबाट वन्यजन्तु र पशुपन्छीलाई परेको क्षतिप्रति सरकारले गम्भीर भएर सम्बन्धित सरोकारसँग समन्वय गरेर प्रदेशको १३ वटै जिल्लामा स्थानीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्यहरूले कृषकलाई खेतीपाती गर्ने समय अघि नै प्रदेश सरकारको कृषि मन्त्रालयले सङ्घीय सरकारसँग समन्वय र सहकार्य गरेर खाद्यान्नलगायत अन्य तरकारी बाली लगाउनुअघि नै आवश्यक पर्ने मल खाद्य र विषादी औषधिको जगेडा राख्न पनि सरकारले कार्यतालिका बनाएर स्थानीय निकायलाई जानकारी गराउनुपर्ने माग गरे । प्रदेशको १३ वटै जिल्लामा अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई व्यवस्थितरुपमा बसोबास गराउन र सम्बन्धित भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराई जग्गा धनी पुर्जा वितरण गर्नेतर्फ प्रदेश सरकारले आफ्नो कार्य सम्पादनलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्न आग्रह गरे ।

स्वदेशी लगानी मै विद्युतीय स्कुटर, मोटरसाइकल निर्माण गरी उपभोक्तालाई सुलभ मुख्यमा वितरण गर्दै गरेको तर, सङ्घीय सरकारले उक्त उद्योगलाई राज्यको कानुनबमोजिम दर्ता गरी स्वदेशी उत्पादनलाई अझै प्रोत्साहन गर्नेखालको कार्यक्रम ल्याउनपर्नेमा त्यसो नगरी हतोत्साही गरेकोमा मुलुकमा अब झन आर्थिक सङ्कट उत्पन्न हुने भएकोमा चिन्ता व्यक्त गरे ।

उक्त बैठकमा प्रदेशसभा सदस्यहरू क्रमशः रामकृष्ण चित्रकार, डा दिनेशचन्द्र देवकोटा, सरल सहयात्री पौडेल, उद्धव थापा, भरतबहादुर केसी, शैलेन्द्रमान बज्रचार्य, लक्ष्मण लम्साल, सुरजचन्द्र लामिछाने, युवराज चौलागाई, रमेशकुमार महतो, उर्मिला सुनुवार, श्रीराम लामिछाने, शान्त ढकाल, ठूला थामी र रत्नप्रसाद ढकालले आ–आफ्नो धारणा व्यक्त गरे ।

सो बैठकमा आजै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिठान ऐन, २०७६ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७९ सभामा पेश गरे । यसैगरी, आन्तरिक तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गरे ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?