Trending
>>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

असिनाले बालीमा क्षति पुर्याएका किसानलाई राहत उपलब्ध गराउन सिफारिस


१२ वैशाख, झापा । असिनासहितको वर्षाले कृषिबालीमा क्षति पुर्याएपछि यहाँका किसनालाई राहत उपलब्ध गराउन सिफारिस गरिएको छ ।

गत चैत १७ गते आएको असिनासहितको वर्षाले पाँच वटा पालिकाको एक हजार नौ हेक्टरमा लगाएको कृषिबाली (मकै र तरकारी) क्षति पुगेपछि सोको स्थलगत अनुगमन गरी किसानलाई राहत उपलब्ध गराउन कृषि मन्त्रालयमा सिफारिस गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।

क्षति भएको क्षेत्रफल र सम्बन्धित बालीको प्रतिकठ्ठा उत्पादन लगतको आधारमा रू छ करोड ५१ लाख ९० हजार छ सय १५ राहत उपलब्ध गराउन सिफारिस गरिएको हो ।

असिनासहितको वर्षाले झापाको कनकाई र विर्तामोडमा सबैभन्दा बढी क्षति पुर्याएको थियो । कनकाई नगरपालिकाका सात वटा वडामा एक हजार नौ सय दुई जना किसानले सात सय ३९ हेक्टरमा लगाएको मकै र तरकारी गरी रू चार करोड ४६ लाख ६३ हजार ५६ क्षति भएको छ ।

त्यस्तै, विर्तामोड नगरपालिकाको चार वटा वडामा छ सय ७९ जना किसानले दुई सय ९४ हेक्टरमा लगाएको मकै र तरकारी गरी रू एक करोड ५४ लाख ८८ हजार आठ सय ४४ रुपैयाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । हल्दिबारी गाउँपालिकाको एक वटा वडाका ४० जना किसनाको १५ हेक्टर, भद्रपुर नगरपालिकाको एक वटा वडाका दुई जना किसानको १२ हेक्टर र शिवसताक्षी नगरपालिकाकाको दुई वटा वडामा ९४ जना किसानले ५० हेक्टरमा लगाएको मकै तथा तरकारी बालीमा क्षति पु¥याएको कार्यालयले जनाएको छ ।

उत्पादन लागतको आधारमा मकैको प्रतिकठ्ठा रू दुई हजार १३ र तरकारीको रू पाँच हजार एक सय ३० निर्धारण गरी क्षति विवरण सङ्कलन गरी राहतका लागि सिफारिस गरेर पठाइएको कार्यालय प्रमुख विष्टले जानकारी दिए ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?