Trending
>>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन् >>   भारतमा खाना पकाउने ग्यासको चरम अभाव, सरकारद्वारा ‘अत्यावश्यक वस्तु ऐन’ लागू >>   विश्व बैंकद्वारा नेपाललाई ५ करोड २० लाख डलर ऋण स्वीकृत >>   समानुपातिक मतगणना सकियो, सिट बाँडफाँटको प्रक्रिया सुरु हुँदै >>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री
Logo
२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार

क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ


काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले क्रान्तीकारी विकास आजको आवश्यकता भएको बताएका छन् ।

सोमवार पार्टीले काठमाडौंको सिफल चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले देशको संस्कृतिसँग युवालाई जोड्दै मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा डोर्याउने अभियानमा गोलवद्ध हुन समेत सबै युवाहरुलाई आग्रह गरेका छन् । आफ्नो पार्टीले विदेशी ऋणको भरमा बाटो र पुल बनाउने कुरा नगर्ने उल्लेख गदै उहाँले श्रमदानमार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा लैजाने कुरामा प्रतिबद्ध रहेको पनि बताएका छन् ।

उनले भने, ‘श्रम संस्कृति पार्टीले यो देशको संस्कृतिसँग युवालाई जोड्न चाहन्छ । यो पार्टीले स्वाधीनताको कुरा गर्छ । विदेशी ऋणको भरमा बाटो र पुल बनाउनुपर्छ भन्दैन । यही देशको स्रोत र श्रमलाई परिचालन गरेर मुलुकलाई आर्थिक उन्नतिको दिशामा अगाडि बढाउन चाहान्छ । देशलाई विदेशी चलखेलको रणमैदान हुनबाट बचाउन निस्केको अभियान हो श्रम संस्कृति पार्टी । पुराना पार्टीहरुले काम गर्छन् भनेर पर्खिन सकिँदैन । सबै जना यो अभियान जोडिनुहोस् । क्रान्तीकारी विकास आजको आवश्यकता हो । ठेकेदारले एक वर्षमा गर्ने काम श्रमदानमार्फत एक महिनामै गर्न सकिन्छ भने किन क्रान्तीकारी विकास नगर्ने ?’

उनले पुराना राजनीतिक दलहरुले विकास गर्छन भन्दै पर्खिने स्थिति नरहेको पनि बताएका छन् । उनले पुराना राजनीतिक दलहरुले मुलुक र जनताको हितमा काम गर्न नसकेको टिप्पणी गर्दै अगामी निर्वाचनमा श्रम संस्कृति पार्टीमा जोडिन सबैलाई आह्वान समेत गरेका छन् ।


प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?