२२ असार, कञ्चनपुर । निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहर परीक्षणका लागि पानी छाडिएको छ । आज टनकपुर ब्यारेजबाट महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर परीक्षणका लागि पानी छाडिएको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए । भीमदत्त नगरपालिकाको ब्रह्मदेवबाट शुक्लाफाँटा नगरपालिकाको फुलेली घरकटुवा खोलासम्म पानी छाडेर मूल नहर
२२ असार, पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सूचना प्रविधिले संसार साँघुरो बनाएको अवस्थामा नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण काठमाडौँद्वारा पोखरामा आज आयोजित गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था र गुणस्तरीयतामा सेवाप्रदायक तथा सरोकारवालासँग आयोजित अन्तक्र्रिया कार्यक्रममा
२२ असार, विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको सवाल लिएर नेकपा एमाले सर्वोच्च अदालत गएको छ । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाको नियुक्ति अवैधानिक भएको भन्दै एमाले सर्वोच्च पुगेको हो । नेकपा एमालेले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधानविपरीत भएको एमालेले दाबी गरेको छ
२२ असार, झापा। धानभन्दा तीन गुणा बढी आम्दानी हुने भएपछि पछिल्लो समय माछापालनमा किसानको आकर्षण बढेको छ। त्यसले गर्दा झापा माछामा आत्मनिर्भर बनेको छ। नेपाल सरकारले नै माछापालक किसानलाई प्रोत्साहनसहित अनुदान दिन थालेपछि झापा माछामा आत्मनिर्भर बनेको हो। प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत जिल्लाका ६ पालिकामा माछा ब्लक नै छुट्याएर विगत दुई वर्षदेखि
२२ असार, बागलुङ । गाउँमा गोठ रित्तै छन्। उत्पादन हुने खेतीयोग्य जमिन घट्दै गएका छन्। युवा शक्ति शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका छन् भने वृद्धवृद्धाले भारी काम गर्न सक्दैनन्। पहिलेपहिले गाउँमा गोठभरि गाईभैँसी, गोरु र बाख्रा हुन्थे। बस्तुभाउको गोबर र स्याउला मिलाएर मल बनाइन्थ्यो र त्यहीँ मल खेतीका लागि
२२ असार, राैतहट । रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ । यसअघि बर्सेनि जिल्लामा रसायनिक मलको अभाव हुने गरेको थियो । लिमिटेडले अहिले किसानको आवश्यकताअनुसार मल वितरण गर्दै आएको छ । लिमिटेडले स्थानीय
२२ असार, कास्की । पोखरास्थित बागलुङ बसपार्कदेखि जामुनाबोट–मेथलाङ हुँदै नौडाँडा जोड्ने कृषि सडक खण्ड पाँच दिनदेखि अवरुद्ध भएको छ । यही असार १७ गते राति परेको अविरल वर्षासँगै पोखरा महानगरपालिका–१८ गैरीस्वारा भिरमा आएको पहिराका कारण सो सडक खण्ड अवरुद्ध भएको हो । गैरीस्वाराको जङ्गलबाट ठूलो चट्टानसहित खसेको पहिराले लगभग एक सय
२२ असार, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाभित्र उत्पादन हुने स्याउलाई मनास्लु स्याउ नामकरण गरी ब्रान्डिङ गरिने भएको छ । गाउँपालिकाले पालिकाभित्र उत्पादित स्याउको निर्यात बढाउनका लागि स्याउको नामकरण मनास्लु राखेर ‘ब्रान्डिङ’ गर्ने घोषणा गरेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । “हिमाली क्षेत्र पर्ने भएकाले चुमनुब्री स्याउको राम्रो उत्पादन हुने
२२ असार, पर्वत । पर्वत जिल्लाको जनसङ्ख्या विगत ३० वर्षयता लगातार घट्दै गएको पाइएको छ । पछिल्ला तीनपटक भएका जनगणनाको तथ्याङ्कमा जनसङ्ख्या घट्दै आइरहेको देखिएको हो । विसं २०५८ मा एक लाख ५७ हजार आठ सय २६ जनसङ्ख्या रहेकामा २०६८ सालमा एक लाख ४५ हजार पाँच सय ९० मा झरेको थियो
२२ असार, हुम्ला । प्रतिकूल मौसमका कारण झन्डै एक साता देखि डोल्पा– नेपालगन्ज हवाई सेवा नहुँदा यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् । सरकारी तथा व्यक्तिगत कामले नेपालगन्ज झर्न जुफाल विमानस्थलमा पुगेका यात्रुहरू जुफालका होटलहरुमा अलपत्र परेका हुन । नेपाल नागरिक उड्डयन प्राधिकरण डोल्पाका प्रमुख अमितकुमार चौरसियाका अनुसार लगातारको वर्षातले पाँच दिनदेखि