Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

चुमनुब्रीको स्याउलाई ‘ब्रान्डिङ’ गरिँदै


२२ असार, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाभित्र उत्पादन हुने स्याउलाई मनास्लु स्याउ नामकरण गरी ब्रान्डिङ गरिने भएको छ ।

गाउँपालिकाले पालिकाभित्र उत्पादित स्याउको निर्यात बढाउनका लागि स्याउको नामकरण मनास्लु राखेर ‘ब्रान्डिङ’ गर्ने घोषणा गरेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । “हिमाली क्षेत्र पर्ने भएकाले चुमनुब्री स्याउको राम्रो उत्पादन हुने गाउँपालिका हो”, उनले भने, “गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा पालिकाभित्र उत्पादित स्याउको नामकरण गरी मनास्लु स्याउ राखेर बजारसम्म पुर्याउने गाउँपालिकाको नीति रहेको छ ।”

सडक यातायातको पहुँच नपुगेकाले चुमनुब्रीमा उत्पादन हुने स्याउ बजारसम्म पुर्याउन पनि कठिन हुने र हेलिकप्टरबाट ढुवानी गरेर बजारमा पुग्दा महङ्गो पर्न जाने भएकाले बजारीकरणमा कठिनाइ हुँदै आएको अध्यक्ष लामाको भनाइ छ । अब सिङ्गो पालिकामा उत्पादन हुने स्याउको नामकरण गरी एउटै ब्रान्डको स्याउका रुपमा बजारसम्म पुर्याउने हाम्रो योजना छ”, उनले भने, “यसो गर्दा स्याउको बजार पनि विस्तार हुने र चुमनुब्रीको स्याउले बजारमा पहिचान पनि बनाउन सक्ने अवस्था हुन्छ ।”

अध्यक्ष लामाले गाउँपालिकाको नीति तथा कार्यक्रममा नै चुमनुब्रीभित्र स्याउ उत्पादनमा जोड दिँदै बजारीकरणका लागि गाउँपालिकाले पहल गर्ने योजना बनाएको बताए । “कृषि पेसाअन्तर्गत पनि यस क्षेत्रको प्रमुख आयआर्जन व्यावसायिक स्याउ खेती एक प्रमुख कृषि पेसा हो”, उनले भने, “हावापानीका हिसाबले पनि राम्रो उत्पादन हुने क्षेत्र भएकाले यसलाई प्राथामिकीकरण गरेर जानुपर्छ भन्ने स्थानीय सरकारको जोड छ ।”


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?