Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

पहिरोले कृषि सडक पाँच दिनदेखि अवरुद्ध


२२ असार, कास्की । पोखरास्थित बागलुङ बसपार्कदेखि जामुनाबोट–मेथलाङ हुँदै नौडाँडा जोड्ने कृषि सडक खण्ड पाँच दिनदेखि अवरुद्ध भएको छ ।

यही असार १७ गते राति परेको अविरल वर्षासँगै पोखरा महानगरपालिका–१८ गैरीस्वारा भिरमा आएको पहिराका कारण सो सडक खण्ड अवरुद्ध भएको हो । गैरीस्वाराको जङ्गलबाट ठूलो चट्टानसहित खसेको पहिराले लगभग एक सय मिटर ढाकेको सडक खुलाउने प्रयास भइरहेको पोखरा–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

“सडक पूरै चट्टानले ढाकेको छ, पन्छाउँदा माथिल्लो क्षेत्रमा चर्केको अवस्थामा रहेको जङ्गल सहितको भाग खस्ने उच्च जोखिम छ”, उनले भने, “महानगर प्रमुख धनराज आचार्यसहितको प्राविधिक टोलीले स्थलगत अध्ययनपश्चात् सडक सञ्चालन गर्ने प्रयास सुरु गरिने छ ।”

पोखरा महानगरपालिकाको क्रमागत योजनाअन्तर्गत निर्माण भइरहेको पोखरा–बागलुङ राजमार्गको नौडाँडा जोड्ने करिब २० किलोमिटर दूरीको कृषि सडक एकतर्फी नालासहित कालोपत्र भइरहेको छ । उक्त सडक अवरुद्ध भएसँगै पधेँली–खड्का थर कच्ची बाटोबाट यातायात सञ्चालन भइरहेको जनाउँदै उनले भने, “वर्षाका कारण कमजोर अवस्थाको उक्त साँघुरो सडक जोखिमपूर्ण रहेको छ ।”

लामो समयसम्म पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसक्दा स्थानीय उत्पादनको बिक्री वितरणका लागि पोखरा बजारसम्म आवतजावतमा समस्या परेको स्थानीय बासिन्दाले बताएका छन् । सोही राति चङ्खपुरको समरखुमा गएको पहिराका कारण अवरुद्ध भएको लेकसाइड–पामे–घाटीछिना सडक महानगरका प्राविधिकसहित आवश्यक उपकरण प्रयोग गरेर सञ्चालन गरिएको वडाअध्यक्ष तिमिल्सिनाको भनाइ छ ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?