Trending
>>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

दूरसञ्चार सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक : मुख्यमन्त्री पाण्डे


२२ असार, पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सूचना प्रविधिले संसार साँघुरो बनाएको अवस्थामा नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरण काठमाडौँद्वारा पोखरामा आज आयोजित गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था र गुणस्तरीयतामा सेवाप्रदायक तथा सरोकारवालासँग आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले अहिले सहजै टेलिफोन प्राप्त गर्न सकिने अवस्था आएको बताए । मुख्यमन्त्री पाण्डेले भने, “ दूरसञ्चार प्राधिकरणले आफूलाई विश्वको प्रविधिसँग प्रतिस्पर्धी बनाउन सक्नुपर्छ ।”

सूचना प्रविधिसम्बन्धी निजी क्षेत्रबाट सञ्चालित कम्पनीले दू्रतगतिमा फड्को मारेको अवस्थामा अर्धसरकारी निकाय नेपाल टेलिकमले पनि आफ्नो सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक रहेको भनाइ उनको छ । “हिमाली र उच्च पहाडी क्षेत्रमा पनि दूरसञ्चार प्राधिकरणको बलियो उपस्थिति हुनुपर्ने देखिएको छ”, मुख्यमन्त्री पाण्डेले भने, “अझै पनि दुर्गम क्षेत्रमा दूरसञ्चार क्षेत्रले आफ्नो प्रभावकारी उपस्थिति देखाउन सकेको छैन ।”

कम नाफा लिएर भए पनि आम सेवाग्राहीलाई सहुलियत दरमा इन्टरनेट र टेलिफोन सेवा उपलब्ध गराउनुपर्नेमा उनले सुझाव दिए । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोग भएको गुनासोसमेत उनले राखे ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्ण देवकोटाले दूरसञ्चार प्राधिकरणले सेवाको गुणस्तरलाई ध्यान दिनुपर्नेमा जोड दिए। हरेक व्यक्तिसँग जोडिएको यो सेवालाई प्रभावकारी र सवल बनाउन सकेनौँ भने हामी पछि पर्छौँ डा न्यौपानेले भने ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनालले गुणस्तरीय सेवाका लागि सबैको चासो भएकाले त्यसतर्फ हाम्रो ध्यान जाने विश्वास दिलाए । नियमित विद्युत् सेवा प्राप्त हुनसकेन भने यो सेवा प्रभावकारी बन्न नसक्ने भएकाले विद्युत् प्राधिकरणको सहयोग पनि आवश्यक रहने भनाइ उनको छ ।

मध्यपहाडी लोकमार्गलाई आधार बनाएर अप्टिकल फाइबर सञ्चालनको तयारी पनि दूरसञ्चार प्राधिकरणले सुरु गरेको जानकारी अध्यक्ष खनालले दिए। प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रमा देखापरेको समस्या, वास्तविकताका बारेमा प्रकाश पार्दै कार्यपत्र प्रस्तुत गरेको थियो ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?