Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति अवैधानिक भएको भन्दै एमाले सर्वोच्चमा


२२ असार, विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको सवाल लिएर नेकपा एमाले सर्वोच्च अदालत गएको छ । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाको नियुक्ति अवैधानिक भएको भन्दै एमाले सर्वोच्च पुगेको हो ।

नेकपा एमालेले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधानविपरीत भएको एमालेले दाबी गरेको छ ।

एमालेले असंवैधानिकरूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेश माग्दै रिट दिने तयारी गरेको बताइएको छ ।

चार दलको समर्थनमा थापा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पद तथा गोपनियताको सपथ समेत लिइसकेका छन् ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?