२३ असार, झापा । हात्तीको हिंस्रक आक्रमणमा गम्भीर घाइते भएकी अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीकी १३ वर्षीया इक्सा लिम्बुको उपचारमा आर्थिक अभाव भएको छ । छिमेकी आफन्तको घरमा चार दिनअघि रातको ३ बजेतिर उनि हात्तीको आक्रमणमा घाइते भएकी थिइन् । हाल उनको विर्तामोडस्थित बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको
२३ असार, खोटाङ । साकेला गाउँपालिका–३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमूना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाभरिका ३९ वटा टोलमध्ये विश्व स्वास्थ्य सङ्गठनले तयार गरेको ७६ वटा मापदण्ड तथा सूचक पूरा गरेको पाइएपछि उक्त टोललाई पोषणमैत्री नमूना टोल सुनिश्चित र दिगोपना घोषणा गरिएको हो । पाँच वडा रहेको उक्त
२३ असार, डोटी । डोटीमा गए राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो ।
२३ असार, पर्सा । पर्साको वीरगञ्जस्थित बजार क्षेत्रका मुख्य नाला अतिक्रमण गरी बनाइएको संरचना महानगरपालिकाले आज भत्काएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका संरचना भत्काउँदै आएको महानगरपालिकाले शुक्रबार वीरगञ्जको आदर्शनगर क्षेत्रस्थित मुख्य नाला अतिक्रमण गरी बनाइएको संरचना डोजर लगाएर भत्काएको हो । महानगरपालिकाले वीरगञ्ज महानगरपालिका १० आदर्शनगरस्थित होटल ओम रेसिडेन्सीको
२३ असार, विराटनगर । विराटनगर महानगरपालिकाले फोहोर नउठाएपछि विराटनगरस्थित नागरिक उड्डयन प्राधिकरण (विराटनगर विमानस्थल) ले महानगरलाई सबै किसिमको कर तिर्न तयार भएको छ । प्राधिकरणका विराटनगर प्रमुखसहितको टोलीले शुक्रबार महानगर प्रमुख नागेश कोइरालालाई भेटेर एक महिनाभित्र व्यवसाय, बहाललगायतका कर तिर्ने र नक्सा पास नभएका भवनको नक्सा पास गर्ने प्रतिबद्धता जनाएको
२३ असार, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको सुक्खड बजारमा शुक्रबार फेला परेको ग्रिनेट जस्तो देखिने शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय तुल्याएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सुक्खड बजारमा नाली खन्ने क्रममा फेला परेको उक्त वस्तु बडैपुरस्थित नेपाली सेनाको कालीदल गणबाट गएको टोलीले निस्क्रिय पारेको जनाएको छ।
२३ असार, भक्तपुर । विद्यालय तहदेखि उच्च शिक्षासम्ममा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने अभियानमा जुटेको निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) एवं हिसानले विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेका छ । भक्तपुर जिल्लाका प्याब्सनमा आबद्ध विद्यालयबाट एसइई उत्तीर्ण गरी जिल्लाभित्रकै हिसान आबद्ध स्कुल एवं कलेजमा कक्षा ११ भर्ना
२३ असार, बागलुङ । उपयुक्त तथ्याङ्कको अभावमा स्वास्थ्य कार्यालय बागलुङले सञ्चालन गर्ने अभियान प्रभावित हुने गरेका छन् । स्वास्थ्यसम्बन्धी विभिन्न अभियान सञ्चालन गर्दा सङ्घ तथा प्रदेश सरकारले अनुमानको आधारमा तोकिदिएको लक्ष्य भेटाउन कार्यालयलाई कठिन हुने गरेको छ । चालु आर्थिक वर्षका क्रियाकलापको जानकारी तथा कार्यालयको प्रगतिबारे जानकारी गराउँदै कार्यलय प्रमुख प्रवीण
२३ असार, कैलाली । कैलालीको धनगढीमा विसं २०७८ चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाएका छन् । नेपाल क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले त्यति बेला घोषणा गरेको जनही रु ५० हजार पुरस्कार खेलाडीले १६
२३ असार ,सुदूरपश्चिम । लागुऔषध मुद्दामा कैलाली कारागारमा रहेका छोरालाई हालै भेट्न पुगेकी धनगढीकी कमला अवस्थीको साथबाट प्रहरीले केही दिनअघि लागुऔषध बरामद गर्यो । छोरा ओमप्रकाशलाई भेट्न पुगेकी कमलालाई जाँच गर्ने क्रममा फेला परेको बिस्कुटको पाकेटभित्र लुकाइ राखेको अवस्थामा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । ओमप्रकाशकी पत्नी पनि लागुऔषधकै मुद्दामा