Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नाला अतिक्रमण गरी बनाइएको संरचनामा चल्यो महानगरको डोजर


२३ असार, पर्सा । पर्साको वीरगञ्जस्थित बजार क्षेत्रका मुख्य नाला अतिक्रमण गरी बनाइएको संरचना महानगरपालिकाले आज भत्काएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका संरचना भत्काउँदै आएको महानगरपालिकाले शुक्रबार वीरगञ्जको आदर्शनगर क्षेत्रस्थित मुख्य नाला अतिक्रमण गरी बनाइएको संरचना डोजर लगाएर भत्काएको हो । महानगरपालिकाले वीरगञ्ज महानगरपालिका १० आदर्शनगरस्थित होटल ओम रेसिडेन्सीको भवन, आश्विनी शर्माले निर्माण गरेको भवन र सत्यनारायण रौनियारले निर्माण गरेको भौतिक संरचना डोजर लगाएर हटाइएको वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसियाले जानकारी दिए ।

मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्काे नाला मिसिएर जिल्ला प्रशासन कार्यालय छेउबाट बन्दै आएको नाला अतिक्रमण गरी स्थानीयले संरचना निर्माण गरेका छन् । नाला अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउन पटकपटक आग्रह गर्दा सुनुवाइ नभएपछि डोजर लगाएर हटाउन थालेको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

महानगरले राष्ट्रिय वाणिज्य बैंक पछाडितर्फ पनि हरिखेतान क्याम्पससम्मको क्षेत्रमा पर्ने मुख्य नालामा परेका संरचना हटाउँदै नाला सफाइ गर्ने क्रम अगाडि बढाएको हो । नाला अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन हरिखेतान क्याम्पसलाई निर्देशन दिएको र अटेर गरेर डोजर लगाएर हटाइने महानगर प्रमुख सिंहले बताए ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?