Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

नाला अतिक्रमण गरी बनाइएको संरचनामा चल्यो महानगरको डोजर


२३ असार, पर्सा । पर्साको वीरगञ्जस्थित बजार क्षेत्रका मुख्य नाला अतिक्रमण गरी बनाइएको संरचना महानगरपालिकाले आज भत्काएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका संरचना भत्काउँदै आएको महानगरपालिकाले शुक्रबार वीरगञ्जको आदर्शनगर क्षेत्रस्थित मुख्य नाला अतिक्रमण गरी बनाइएको संरचना डोजर लगाएर भत्काएको हो । महानगरपालिकाले वीरगञ्ज महानगरपालिका १० आदर्शनगरस्थित होटल ओम रेसिडेन्सीको भवन, आश्विनी शर्माले निर्माण गरेको भवन र सत्यनारायण रौनियारले निर्माण गरेको भौतिक संरचना डोजर लगाएर हटाइएको वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसियाले जानकारी दिए ।

मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्काे नाला मिसिएर जिल्ला प्रशासन कार्यालय छेउबाट बन्दै आएको नाला अतिक्रमण गरी स्थानीयले संरचना निर्माण गरेका छन् । नाला अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउन पटकपटक आग्रह गर्दा सुनुवाइ नभएपछि डोजर लगाएर हटाउन थालेको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

महानगरले राष्ट्रिय वाणिज्य बैंक पछाडितर्फ पनि हरिखेतान क्याम्पससम्मको क्षेत्रमा पर्ने मुख्य नालामा परेका संरचना हटाउँदै नाला सफाइ गर्ने क्रम अगाडि बढाएको हो । नाला अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन हरिखेतान क्याम्पसलाई निर्देशन दिएको र अटेर गरेर डोजर लगाएर हटाइने महानगर प्रमुख सिंहले बताए ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?