Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

तथ्याङ्क नमिल्दा स्वास्थ्यका अभियानको प्रगति प्रभावित


२३ असार, बागलुङ । उपयुक्त तथ्याङ्कको अभावमा स्वास्थ्य कार्यालय बागलुङले सञ्चालन गर्ने अभियान प्रभावित हुने गरेका छन् ।

स्वास्थ्यसम्बन्धी विभिन्न अभियान सञ्चालन गर्दा सङ्घ तथा प्रदेश सरकारले अनुमानको आधारमा तोकिदिएको लक्ष्य भेटाउन कार्यालयलाई कठिन हुने गरेको छ । चालु आर्थिक वर्षका क्रियाकलापको जानकारी तथा कार्यालयको प्रगतिबारे जानकारी गराउँदै कार्यलय प्रमुख प्रवीण शर्माले स्वास्थ्यका विभिन्न पाटोमा काम चाहिने तथ्याङ्क जिल्लामा नरहेको बताए ।

“टाइफाइडको खोप दश हजार बालबालिकालाई लगाउनु भनेर निर्देशन आउँछ, तर यहाँ उनीहरुको सङ्ख्या दश हजार नै हुँदैन, शतप्रतिशत बालबालिकाले खोप पाउँदासमेत लक्ष्य अनुसारको प्रगति देखिँदैन, सोहीअनुसार कार्यालयको कार्यसम्पादन मूल्याङ्कन हुन्छ”, शर्माले भने “यो समस्या तथ्याङ्क नभएका कारण आएको हो ।”

अभियानको लक्षित वर्गको विषयमा जानकारी, सम्बन्धित क्षेत्रको तथ्याङ्क हुने हो भने मात्रै कार्यक्रम कार्यान्वयनमा सहज हुने उनको धारणा थियो । कार्यालयले चालु आर्थिक वर्षमा जिल्लाको बरेङ र तमानखोला गाउँपालिकाको तथ्याङ्क तयार गरेको छ । जिल्लाका बाँकी स्थानीय तहको पनि स्वास्थ्य तथ्याङ्क तयारी गर्नुपर्ने उनले बताए ।

शुक्रबार कार्यालयले आयोजना गरेको जोखिम सञ्चार अभिमुखीकरण तथा चालु आर्थिक वर्षका कार्यक्रमबारे जानकारी दिन आयोजित अन्तक्र्रियामा जिल्ला समन्वय प्रमुख अमर थापाले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै जिम्मेवार भएर लाग्नुपर्ने बताए । थापाले कार्यालयले गर्ने प्रगति सङ्ख्यात्मकभन्दा गुणात्मक हुनुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले गलत सूचनाको जोखिम स्वास्थ्य क्षेत्रमा धेरै हुने बताइन् । सानो सूचना मात्रै गलत हुँदा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा ठूलो प्रभाव पर्ने उनको धारणा थियो । कार्यलयले चालु आवमा ९४ दशमलव १९ प्रतिशत भौतिक प्रगति गरेको छ । ८४ दशमलव ४४ प्रतिशत वित्तीय प्रगति भएको कार्यालय प्रमुख शर्माले बताए ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?