सुन्दरहरैँचा,मोरङ। मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । उक्त नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराइ रातारात अपहरणको शैलीमा सो अस्पताल इनरूवा पुर्याइएको प्रति ध्यानाकर्षण भएको बताएका छन् । त्यसैगरी, बेलबारी–३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा
फिक्कल। इलामको रोङ गाउँपालिका ग्रामीण क्षेत्रका महिलालाई ‘बोल्ने कला’ सिकाउँदै छ । महिलाको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले उनीहरूलाई अरूका अघि निर्धक्क भएर बोल्न सिकाउन थालिएको हो । श्रीयम मिडिया प्रा.लिको आयोजना तथा उक्त गाउँपालिकाको सहयोगमा वडानं-१ स्थित शान्तिपुरमा सञ्चालित महिलाका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको
भेरीगङ्गा। कर्णाली प्रदेशका ३० प्रतिशत परिवार मात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर रहेको पाइएको छ । राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार प्रदेशका ७० प्रतिशत परिवारलाई कृषिको उत्पादनले वर्षभरि खाना नपुग्ने अवस्था छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना, २०७८ को प्रदेशस्तरीय नतिजाअनुसार कर्णालीमा तीन लाख दुई हजार परिवारले
ढोरपाटन,बागलुङ। बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ । यही कारणले दैनिक फोहर पनि बढ्दै
काठमाडाैं। सङ्घीयता कार्यान्वयनका सन्दर्भमा सङ्घ सरकारसँग छिनोफानो गर्न भन्दै हेटौँडामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक हुने भएको छ । आउँदो पुस १३ गते बागमती प्रदेशको राजधानी हेटौँडामा मुख्यमन्त्रीहरूको बैठक हुने भएको हो । त्यस्तै, गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तर प्रदेश बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को
बलेवा,बागलुङ। ढोरपाटन शिकार आरक्ष भएर बागलुङ, रुकुम पूर्व र म्याग्दी जोडिने विभिन्न सडक सहज तरिकाले निर्माणका लागि सरोकारवालाबीच छलफल थालिएको छ । शिकार आरक्ष हुँदै बागलुङ र छिमेकी जिल्ला जोड्ने सडक जोड्नका लागि स्थानीय तह र शिकार आरक्ष कार्यालयले सहजीकरण गर्ने गरी छलफल सुरु भएको हो । ‘हिमाली राष्ट्रिय निकुञ्ज
गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकार र कानुन नहुँदा चाहेर पनि काम गर्न नसकिएको बताएका छन् । उक्त प्रदेश विकास समस्या समाधान समितिको आठौँ बैठक एवम् आव २०८०/८१ को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उनले प्रदेशलाई काम गर्न बनाइएका कानुन कार्यन्वयनका लागि सङ्घीय सरकारले बनाउनुपर्ने
जाजरकोट। भूकम्पपीडितलाई नेपाल प्रहरी श्रीमती सङ्घले राहत सामग्री वितरण गरेको छ । सङ्घकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरलगायत समितिका पदाधिकारीले आज जाजरकोट र रुकुम पश्चिममा ती सामग्री वितरण गरेका हुन् । जाजरकोटको भेरी नगरपालिका–१, राउत गाउँमा रहेका भूकम्पपीडितमध्ये ४२ सुत्केरी, ५० जना विद्यार्थी, ३१ जना मृतकका परिवार र चारजना ज्येष्ठ नागरिकलाई
काठमाडाैं । कांग्रेस इतर समुहको भेला अनुपम फुडल्याण्ड गौशालामा जारी छ । भेलामा नेता डा. शेखर काेइराला सहित गगन सहितका नेतालाई सहभागी छन् ।
काठमाडौं। सत्ता साझेदार दलहरूकै कारण बागमती प्रदेश सभाका संसदीय समितिहरूको नेतृत्व चयनमा ढिलाइ भइरहेको नेकपा एमालेले जनाएको छ । प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले सत्ता साझेदार दलहरूले ठोस प्रस्ताव नल्याएकै कारण समितिका सभापति चयनमा ढिलाइ भएको बताएका हुन् । ‘सत्ता साझेदार दलबाट ठोस प्रस्ताव आएको छैन ।