Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सत्ता साझेदार दलकै कारण संसदीय समिति नेतृत्वविहीन : प्रमुख सचेतक पौडेल


काठमाडौं। सत्ता साझेदार दलहरूकै कारण बागमती प्रदेश सभाका संसदीय समितिहरूको नेतृत्व चयनमा ढिलाइ भइरहेको नेकपा एमालेले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले सत्ता साझेदार दलहरूले ठोस प्रस्ताव नल्याएकै कारण समितिका सभापति चयनमा ढिलाइ भएको बताएका हुन् । ‘सत्ता साझेदार दलबाट ठोस प्रस्ताव आएको छैन । उनीहरूले प्रस्ताव ल्याएपछि मात्र ठिक छ, छैन भनेर कमेन्ट गर्ने हो । उपयुक्त प्रस्ताव आएमा मिलेर जान सकिन्छ,’ उनले भने, ‘प्रदेश नियमावलीमा सभामुखले सहमति गराएर सभापति चयन गर्ने उल्लेख छ । सभामुखलाई सभापति चयन गर्ने जिम्मा तपाईँको हो भनेर जानकारी गराई सकेका छौं ।’

त्यस्तै, बागमती प्रदेश सभामा पाँच वटा संसदीय समिति छन् । उक्त प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति रहेका छन् भने भदौ १९ मा पहिलो पटक संसदीय समितिको बैठक बसेको थियो । त्यति बेला समितिका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरेका थिए । त्यसयता ज्येष्ठ सदस्यले नै संसदीय समितिको नेतृत्व गरिरहेका छन् ।

उक्त प्रदेश सभामा रहेका पाँच वटा समितिमध्ये प्रतिपक्ष दलको हिसाबले एमालेले सार्वजनिक लेखा समितिमा दाबी गर्दै आएको छ । ठूलो दलको हिसाबले यसबाहेक अन्य समितिमा पनि एमालेको दाबी रहने पौडेलले बताएका छन् ।

 

 


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?