Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास समूहलाई हतियार त्याग्न असफल भएमा कडा रूपमा सामना गरिने चेतावनी दिनुभएको छ । हमासले हतियार त्याग्ने प्रतिवद्धता गरेको बताउनु भयो ।

ट्रम्पले वाशिङ्टन डीसीमा बोर्ड अफ पिसको उद्घाटन बैठकलाई सम्बोधन गर्दै यदि उनीहरूले गरेनन् भने धेरै कडा रूपमा सामना गर्नुपर्ने बताउनु भयो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीवार भन्नुभएो छ की ह्वाइट हाउसले हमासले हतियार त्याग्नुपर्ने र गाजालाई पूर्ण रूपमा निःशस्त्रीकरण गर्नुपर्नेमा सहमत छ । जसपछि मात्र युद्ध प्रभावित क्षेत्रमा पुनर्निर्माण शुरु हुन सक्ने बताइएको छ ।

हमासले बोर्ड अफ पिसलाई हस्तक्षेप गर्न आह्वान गरेको थियो । गाजा पट्टीमा इजरायलको निरन्तर उल्लङ्घन रोक्न माग गरेको थियो । हमासले यो मञ्चको बैठकलाई इजरायलले आफ्नो सैन्य अभियान जारी राख्नको लागि बहाना बनाउन सक्ने चेतावनी दिएको थियो । हमासका प्रवक्ता हाजेम कासेमले टेलिभिजन वक्तव्यमा भन्नुभएको थियो की विगत चार महिनाका घटनाक्रमहरूले इजरायलले युद्ध रोकेको छैन तर केवल तरिका र रूप परिवर्तन गरेको देखाउँछन् । उहाँले हत्या, विस्थापन, नाकाबन्दी र भोकमरी जारी रहेको बताउनु भयो ।

यो घटना गाजामा युद्धविरामपछि पुनर्निर्माण र हमासको निःशस्त्रीकरणको विषयमा अन्तर्राष्ट्रिय प्रयासहरूको बीचमा आएको हो । जहाँ ट्रम्प प्रशासनले बोर्ड अफ पिसमार्फत शान्ति प्रक्रियालाई अगाडि बढाउने प्रयास गरिरहेको छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?