Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

महिलालाई बोल्ने कला सिकाउँदै रोङ पालिका


फिक्कल। इलामको रोङ गाउँपालिका ग्रामीण क्षेत्रका महिलालाई ‘बोल्ने कला’ सिकाउँदै छ । महिलाको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले उनीहरूलाई अरूका अघि निर्धक्क भएर बोल्न सिकाउन थालिएको हो ।
श्रीयम मिडिया प्रा.लिको आयोजना तथा उक्त गाउँपालिकाको सहयोगमा वडानं-१ स्थित शान्तिपुरमा सञ्चालित महिलाका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको हो । तीनदिने तालिममा महिलालाई उद्घोषण र नेतृत्व विकासको सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको वडाध्यक्ष मनोहरि खड्काले जानकारी दिएका छन् ।
उक्त गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया भुजेलले महिलालाई घरको काममा मात्र नभई समाजको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍ याउन पालिकाले प्रयास गरिरहेको बताएकि छन् । “जबसम्म महिला घरभित्रै सीमित हुन्छन् तबसम्म समाजमा कुनै परिवर्तन आउँदैन”, उनले भने, ‘महिलाले आफ्ना लागि र समाजका लागि आवाज उठाउन उनीहरूमा बोलीको सीप, बोल्ने तत्परता र आत्मविश्वास विकास गर्न जरुरी भएकाले तालिम सञ्चालन गरिएको हो । महिलाले आरक्षण सिटको मात्र भर नपरी हामी पनि पुरुष सरह सबै क्षेत्रमा काम गर्न सक्षम छौँ भन्ने भावना जागृत गर्न तालिमले सघाउँछ ।”
कार्यपालिका सदस्य लक्ष्मी नेपालीले महिलालाई सामाजिक संघ–संस्थादेखि राजनीतिक नेतृत्व लिन सक्षम बनाउनु आवश्यक रहेको बताइन् । “चुप लागेर बसिरहने हो भने हामी आफ्ना र गाउँ–समाजका समस्या बाहिर ल्याउन र  समाधान गर्न सक्दैनौँ”, उनले भनिन्, “महिला आफ्ना र समाजका समस्या समाधानका उपाय खोज्न तत्पर हुनुपर्छ, त्यसका लागि क्षमता विकास आवश्यक छ ।”
त्यस्तै, वडासदस्य मनमाया राईले आफू पनि यस्तै तालिममा सहभागी भएपछि अरूका अघि बोल्न सक्ने भएको सुनाइन् । अर्का वडा सदस्य रेशबहादुर राईले महिलाको क्षमता विकासले समाज परिवर्तनमा भूमिका निर्वाह गर्ने बताएका छन् । ‘
उक्त तालिममा सहभागी ७८ वर्षीया रुक्मिणा न्यौपानले जीवनमा पहिलोपटक माइक  छुन पाएकामा खुसी व्यक्त गरे । “उहिले हाम्रा पालमा न तालिम न नेतृत्व”, उनले भने, “अहिले बुढी भएपनि पहिलोपटक माइक समात्न पाइयो, अब हामीले त के गरौंला र, नयाँ पुस्ताले भने  यो अवसर सदुपयोग गर्नुपर्छ ।”
त्यसैगरी, उनान्चास जनाको सहभागिता रहेको सो तालिममा नेपाल पत्रकार महासंघ इलाम शाखा सचिव भीम चापागाईं, सदस्य मनोज अधिकारी र झापाकी अग्रज पत्रकार भीमा शिवाकोटीले सहजीकरण गरेकी थिइन् ।

प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?