Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

भूकम्पपीडितलाई नेपाल प्रहरी श्रीमती सङ्घले राहत सामग्री वितरण


जाजरकोट। भूकम्पपीडितलाई नेपाल प्रहरी श्रीमती सङ्घले राहत सामग्री वितरण गरेको छ । सङ्घकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरलगायत समितिका पदाधिकारीले आज जाजरकोट र रुकुम पश्चिममा ती सामग्री वितरण गरेका हुन् ।

जाजरकोटको भेरी नगरपालिका–१, राउत गाउँमा रहेका भूकम्पपीडितमध्ये ४२ सुत्केरी, ५० जना विद्यार्थी, ३१ जना मृतकका परिवार र चारजना ज्येष्ठ नागरिकलाई झोला, कापी–कलम, थर्मस, ब्ल्याङ्केट, मोजा, ट्राउजर, मण्डी, टोपी, स्वेटरलगायत सामग्री वितरण गरिएको छ ।

त्यसैगरी, रुकुमपश्चिम आठबीसकोट नगरपालिका–१४ छेपारेमा ४२ जना मृतकका आफन्तलाई राहत सामग्री वितरण गरिएको छ ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?