Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

भूकम्पपीडितलाई नेपाल प्रहरी श्रीमती सङ्घले राहत सामग्री वितरण


जाजरकोट। भूकम्पपीडितलाई नेपाल प्रहरी श्रीमती सङ्घले राहत सामग्री वितरण गरेको छ । सङ्घकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरलगायत समितिका पदाधिकारीले आज जाजरकोट र रुकुम पश्चिममा ती सामग्री वितरण गरेका हुन् ।

जाजरकोटको भेरी नगरपालिका–१, राउत गाउँमा रहेका भूकम्पपीडितमध्ये ४२ सुत्केरी, ५० जना विद्यार्थी, ३१ जना मृतकका परिवार र चारजना ज्येष्ठ नागरिकलाई झोला, कापी–कलम, थर्मस, ब्ल्याङ्केट, मोजा, ट्राउजर, मण्डी, टोपी, स्वेटरलगायत सामग्री वितरण गरिएको छ ।

त्यसैगरी, रुकुमपश्चिम आठबीसकोट नगरपालिका–१४ छेपारेमा ४२ जना मृतकका आफन्तलाई राहत सामग्री वितरण गरिएको छ ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?