काठमाडौँ । हालको असामान्य अवस्थालाई नियन्त्रणमा लिन सरकारले आज भाद्र २५ गते बेलुकी ५ बजेसम्म देशभर निषेधाज्ञा र त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लागू गरेको छ। परिस्थितिअनुसार आदेश थप लम्ब्याइने वा परिवर्तन गरिनेछ। नेपाली
काठमाडौं । जेनजी को आह्वानमा सुरु भएको विरोध प्रदर्शनमा जनधनको क्षति हुँदै गएपछि नेपाल प्रहरीले अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। प्रहरीले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा राष्ट्रिय सुरक्षा र सार्वजनिक
काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा अराजक समूहले तोडफोड र लुटपाटको प्रयास गरेपछि नेपाली सेनाको टोली त्यहाँ परिचालन गरिएको छ। सेनाले हाल भइरहेको आन्दोलनका क्रममा देखिएका लुटपाट, आगजनी र तोडफोडजस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि
काठमाडौं । नेपाली सेनाले हालको विपद् परिस्थितिमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनीजस्ता घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाली सेना लगायतका सुरक्षा निकायहरू तयारी अवस्थामा रहने बताएको छ। सेनाले जारी गरेको विज्ञप्तिअनुसार
काठमाडौं । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने आज जेलमुक्त भएका छन्। सुरक्षा अभाव देखिएपछि उनलाई पत्नी निकिता पौडेलको जिम्मामा छोडिएको रास्वपाको स्रोतले जनाएको छ।
काठमाडौं । उग्र जेनजी प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका छन्। सिंहदरबार, संसद् भवन, शीर्ष नेताहरूको आवास, पार्टी कार्यालय र प्रहरी प्रभागमा समेत आगजनी र तोडफोड भइरहेका छन्।
काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत जेनजी समूहलाई हिंसात्मक नहुन आग्रह गरेको छ । आयोगले आन्दोलनकारीलाई संयमत्ता अपनाउन र सरकारलाई जेनजी समूहको माग सम्बोधन गर्न आग्रह गरेको हो । आयोगले सोमबारदेखी जेनजी समूहले गरेको प्रदर्शनको अनुगमन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध सुरु भएको आन्दोलन पछिल्ला दिनमा हिंस्रक रूप लिन पुगेपछि उनले राजीनामा दिन बाध्य भएको बताइएको
जनकपुर। नेकपा (एमाले)का सचिव एवं सांसद रघुवीर महासेठको जनकपुरस्थित निवासमा प्रदर्शनकारीले ढुङ्गामुढा र आगजनी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि जेन–जी पुस्ताका प्रदर्शनकारीहरूले ढुङ्गामुढा र आगजनी गरे ध्वस्त पारेका हुन् ।
काठमाडौँ। संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले यस्तो