Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

प्रतिपक्षको आवाज कमजोर हुन दिन्नौँ, बोल्दाबोल्दै माइक काट्दैनौँः सभापति लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले सार्वजनिक तथा संवैधानिक निकायहरुमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्न चाहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारले नीति, कानून, मापदण्ड र मान्यताका आधारमा पारदर्शी नियुक्ति प्रणाली स्थापना गर्न चाहेको भन्दै राजनीतिक नियुक्ति खाएका सार्वजनिक निकायका पदाधिकारीलाई स्वेच्छाले पद छाडेर मार्ग प्रशस्त गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकार नयाँ, नीति, कानून, मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागु गर्न चाहान्छ । हिजो नियुक्ति लिएका सार्वजनिक निकायका पदाधिकारीहरुले स्वेच्छाले मार्ग प्रशस्त गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।’ उहाँले न्याय पाउने पहिलो अधिकार जेन–जीकी आमालाई भएको भन्दै त्यसलाई प्रतिशोध नभन्न प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभयो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदलाई स्वस्थ बहसको थलो बनाउनुपर्नेमा जोड दिँदै प्रतिपक्षको आवाजलाई कमजोर हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । लोकतन्त्रको रक्षाका लागि प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ । उहाँले प्रतिपक्षीलाई उपेक्षा गर्दा लोकतान्त्रिक व्यवस्था कमजोर हुने भन्दै जेन–जी आन्दोलनको समेत स्मरण गराउनु भयो । उहाँले विगतमा प्रतिपक्षी दलका नेताहरुमाथि प्रतिशोध साँध्नकै लागि कानून संशोधन र अध्यादेश नै ल्याइएको भन्दै त्यस्ता कानूनी छिद्रहरु तत्काल सच्याउने वाचा पनि गर्नुभयो । उहाँले प्रतिपक्षी दलहरुमाथि अहंकार र प्रतिशोधको अध्याय दोहोरिन नदिने पनि स्पष्ट पार्नुभयो । उहाँले संसद् र सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकै भरमा कसैको माइक नकाट्ने पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौँ । किनकी प्रतिपक्षको आवाज कमजोर बनाइयो र उपेक्षा गरियो भने लोकतन्त्र कमजोर हुनेछ । यो हामीले अस्ति भर्खरै देखिसक्यौँ । यो संसद बहसको थलो हुनेछ, प्रतिशोधको होइन । हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानून नै संशोधन गरिएको छ र अध्यादेश समेत ल्याइएको छ । त्यस्ता कुरा यथाशिघ्र सच्याइने कुरा म यो सम्मानित सदनलाई जानकारी गराउन चाहान्छु । प्रतिपक्षीमाथि अहंकार प्रतिशोधको त्यो अध्याय दोहोरिने छैन । आस्थाका आधारमा फरक व्यवहार हुनेछेन् । अब कसैका कुरा नसुनौँ भनेर कसैको माइक काटिने छैन ।’

यद्यपि सुशासनको वेग भने नरोकिने उहाँको दाबी छ ।


प्रकाशित मिति: १९ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?