Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल


संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल

काठमाडौँ ।सभामुख डोलप्रसाद अर्यालले संसद कमजोर भएको भन्ने टिप्पणीलाई खारेज गर्दै संसदको मर्यादा, काम गर्ने गति र प्रभावकारितामा कुनै कमी नआएको दाबी गरेका छन् ।

गत वैशाख २८ देखि असोज १६ सम्म सञ्चालन भएको संसदको बर्खे (बजेट) अधिवेशन समापनको सन्दर्भमा सिंहदरबारमा आयोजित पत्रकार अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन। संसद्को आफ्नै मर्यादा र काम गर्ने गति हुन्छ । हामी करिव तीन करोड नेपालीका लागि काम गर्न खटिएका हौँ । यस्तो जिम्मेवारीमा मेरो व्यक्तिगत थकानको कुनै अर्थ रहँदैन, खटिनु मेरो कर्तव्य (ड्युटी) हो ।’

विगतमा सांसद र त्योभन्दा अघि सचेत नागरिकका रूपमा संसदलाई नजिकबाट नियालेको अनुभव स्मरण गर्दै उनले अहिले आफूले नेतृत्व गरिरहेको संसद्लाई कमजोर भन्न नमिल्ने प्रस्ट पारेका छन् ।


प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?