Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

संविधान संशोधनको नाममा लोकतन्त्र, गणतन्त्र र समावेशीताको विषयमा सम्झौता हुन सक्दैनः नेकपा


संविधान संशोधनको नाममा लोकतन्त्र, गणतन्त्र र समावेशीताको विषयमा सम्झौता हुन सक्दैनः नेकपा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले संविधान संशोधनका नाममा लोकतन्त्र, गणतन्त्र र समावेशीताको विषयमा कुनै सम्झौता हुन नसक्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश र पार्टीलाई सही दिशामा अघि बढाउन जिम्मेवार ढंगले काम गर्न आग्रह गर्दै राष्ट्र निर्माण र राष्ट्रिय स्वाधीनताको पक्षमा नेकपा सधैं सहयोग गर्न तयार रहेको पनि बताउनु भयो । उहाँले विगतमा कम्युनिष्ट पार्टीहरुले प्राप्त जनमतको सदुपयोग गर्न नसकेको स्मरण गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई त्यसबाट पाठ सिकेर अघि बढ्न सुझाव दिनुभयो । २०६४ सालमा तत्कालीन नेकपा (माओवादी केन्द्र)ले उल्लेखनीय जनसमर्थन पाएको तथा २०७४ सालमा पार्टी एकतापछि तत्कालीन नेकपाले झण्डै दुई तिहाइ बहुमत पाएपनि त्यसको सदुपयोग गर्न नसकिएको उहाँको स्वीकारोक्ति छ ।

उहाँले भन्नुभयो, ‘२०६४ सालमा तत्कालनि नेकपा (माओवादी केन्द्र)ले झन्डै यस्तै यस्तै जनमत प्राप्त गरेको थियो । २०७४ सालमा पनि हामीले पार्टी एकता गर्दा झण्डै झण्डै दुई तिहाई थियो । त्यसलाई हामीले सदुपयोग गर्न जानेनौँ, सकेनौँ । हाम्रा यस्ता कमिहरुबाट यहाँहरुले शिक्षा लिएर देश र पार्टीलाई अगाडि लैजाने कुरा गर्नुहोस् । राष्ट्र निर्माण र राष्ट्रिय स्वाधिनताको लागि हामी तपाइहरुलाई सहयोग गर्न तयार छौँ । सामाजिक न्याय र रुपान्तरणको लागि । तर संविधान संशोधनको कुरामा लोकतन्त्र, गणतन्त्र र समावेशीतामा सम्झौता हुन सक्दैन । अरु बाँकी कुरामा सहयोग गर्न तयार छौँ ।’

सामाजिक न्याय र समाज रुपान्तरणको सवालमा सरकारलाई पार्टीले पुर्णतः सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: १९ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?