Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भदौ २३ र २४ दुई दिनकै घटनालाई एक–एक केलाउन जरुरी छः काँग्रेस


प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जेन–जी आन्दोलनका क्रममा भएका भदौ २३ र २४ दुवै दिनका घटनालाई एक–एक गरी केलाउन जरुरी रहेको बताएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले जेन–जी आन्दोलनको घटनामा निष्पक्ष छानबिन नभएको बताउनु भयो । उहाँले संसद भवन, सिंहदरबार जलाउनेहरुलाई सरकारले बनाएको जाँचबुझ आयोगले समेत उन्मुक्ति दिएको आरोप लगाउनु भयो । उहाँले भदौ २३ र २४ गते भएका घटनाको समग्र रूपमा छानबिन गर्नुपर्नेमा जोड दिँदै एक पक्षीय दृष्टिकोण गलत भएको बताउनु भयो । कसैले २३ गतेको घटना मात्रै हेर्ने र २४ गतेको नदेख्ने, वा २४ गतेको ध्वंस मात्र देख्ने र २३ गतेको दमन नदेख्ने प्रवृत्ति गलत भएको उहाँको भनाई छ । उहाँले जाँचबुझ आयोगले भदौ २३ गतेका घटनाको अनुसन्धान गरी कारबाही सिफारिस गरेपनि २४ गतेको घटनाबारे अनुसन्धान गर्न नसकेको जनाएकोप्रति प्रश्न उठाउनु भयो । पटक–पटक समय थप्ने तर अन्त्यमा समय पुगेन भन्ने आयोगको कार्यशैली नियतवश देखिएको उहाँको आरोप छ । उहाँले नयाँ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै जाँचबुझ आयोगको प्रतिवेदन सरकारले स्वयं सार्वजनिक गर्न माग गर्नुभयो । सरकार आफैँले प्रतिवेदन सार्वजनिक गर्ने कि प्रधानमन्त्रीले पनि गोरखापत्र पढेर थाहा पाउने ? उहाँको प्रश्न छ । उहाँले सरकारलाई कानुनी प्रक्रिया र मर्यादाभित्र रहेर जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज हामी यहाँ यो बैठक बसिरहेका छौँ, यो बैठक बसेको भवन हाम्रो संसद भवन होईन, हाम्रो संसद भवन भदौ २४ गते खरानी भयो, त्यो खरानीलाई सम्झौँ अनि संकल्प गरौँ, हामी यसरी काम गरौँ ताकी भविष्यमा यो देशलाई खरानी बनाउन कोही अघि नसरुन, किन खरानी भयो संसद भवन ? किन जल्यो सिंहदरबार ? किन ध्वस्त बनाईए अनेकन भौतिक संरचना ? भदौ २३ र २४ दुबै दिनका घटनालाई एक एक केलाउन जरुरी छ । कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने, कसैले २४ को ध्वस्स देख्न २३ को दमन नदेख्ने ? यो प्रवृत्ति एकदम गलत छ । हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगले सम्म भदौ २३ गतेको घटनाको अनुसन्धान ग¥यो, कारबाहीको सिफासिर ग¥यो तर २४ को घटनानको अनुसन्धान भ्याइएन भन्यो । यो कस्तो तरिका हो ? पटक पटक समय थप्ने तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरुबाट नियतवंश भएको होईन भनेर भन्न मिल्ने देखिन्न । नयाँ प्रधानमन्त्रीजीलाई ध्यानाकर्षण गराउन चाहन्छु, जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजानिक गर्ने कि सरकारले पनि गोरखापत्र पढ्ने प्रधानमन्त्रीज्यू ? सरकारले सुझबुझपुर्ण ढंगबाट कानुन र प्रक्रियाको मर्यादा राखेर आफुलाई प्रश्तुत गरोस् । काँग्रेस दोषि कोही उम्किनु हुन्न, निर्दोष कोही फस्नुहुन्न भन्ने मान्यता विगतदेखी नै बोक्दै आएको पार्टी हो । यो मान्यतामा हामी आज पनि प्रष्ट र दृढ छौँ ।’ आङ्देम्बेले नेपाली काँग्रेस दोषी उम्किन नहुने र निर्दोष फस्न नहुने सिद्धान्तमा दृढ रहेको बताउनु भयो । उहाँले आगामी दिनमा यस्ता घटना दोहोरिन नहुनेगरी काम गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा पाँच वर्ष कुनै प्रधानमन्त्रीले सरकार नचलाएको उल्लेख गर्दै वर्तमान सरकारलाई पाँच वर्ष नै सरकार चलाउने वातावरण बनाउन आग्रह गर्नुभयो ।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जेन–जी आन्दोलनका क्रममा भएका भदौ २३ र २४ दुवै दिनका घटनालाई एक–एक गरी केलाउन जरुरी रहेको बताएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले जेन–जी आन्दोलनको घटनामा निष्पक्ष छानबिन नभएको बताउनु भयो । उहाँले संसद भवन, सिंहदरबार जलाउनेहरुलाई सरकारले बनाएको जाँचबुझ आयोगले समेत उन्मुक्ति दिएको आरोप लगाउनु भयो । उहाँले भदौ २३ र २४ गते भएका घटनाको समग्र रूपमा छानबिन गर्नुपर्नेमा जोड दिँदै एक पक्षीय दृष्टिकोण गलत भएको बताउनु भयो । कसैले २३ गतेको घटना मात्रै हेर्ने र २४ गतेको नदेख्ने, वा २४ गतेको ध्वंस मात्र देख्ने र २३ गतेको दमन नदेख्ने प्रवृत्ति गलत भएको उहाँको भनाई छ । उहाँले जाँचबुझ आयोगले भदौ २३ गतेका घटनाको अनुसन्धान गरी कारबाही सिफारिस गरेपनि २४ गतेको घटनाबारे अनुसन्धान गर्न नसकेको जनाएकोप्रति प्रश्न उठाउनु भयो । पटक–पटक समय थप्ने तर अन्त्यमा समय पुगेन भन्ने आयोगको कार्यशैली नियतवश देखिएको उहाँको आरोप छ । उहाँले नयाँ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै जाँचबुझ आयोगको प्रतिवेदन सरकारले स्वयं सार्वजनिक गर्न माग गर्नुभयो । सरकार आफैँले प्रतिवेदन सार्वजनिक गर्ने कि प्रधानमन्त्रीले पनि गोरखापत्र पढेर थाहा पाउने ? उहाँको प्रश्न छ । उहाँले सरकारलाई कानुनी प्रक्रिया र मर्यादाभित्र रहेर जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज हामी यहाँ यो बैठक बसिरहेका छौँ, यो बैठक बसेको भवन हाम्रो संसद भवन होईन, हाम्रो संसद भवन भदौ २४ गते खरानी भयो, त्यो खरानीलाई सम्झौँ अनि संकल्प गरौँ, हामी यसरी काम गरौँ ताकी भविष्यमा यो देशलाई खरानी बनाउन कोही अघि नसरुन, किन खरानी भयो संसद भवन ? किन जल्यो सिंहदरबार ? किन ध्वस्त बनाईए अनेकन भौतिक संरचना ? भदौ २३ र २४ दुबै दिनका घटनालाई एक एक केलाउन जरुरी छ । कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने, कसैले २४ को ध्वस्स देख्न २३ को दमन नदेख्ने ? यो प्रवृत्ति एकदम गलत छ । हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगले सम्म भदौ २३ गतेको घटनाको अनुसन्धान ग¥यो, कारबाहीको सिफासिर ग¥यो तर २४ को घटनानको अनुसन्धान भ्याइएन भन्यो । यो कस्तो तरिका हो ? पटक पटक समय थप्ने तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरुबाट नियतवंश भएको होईन भनेर भन्न मिल्ने देखिन्न । नयाँ प्रधानमन्त्रीजीलाई ध्यानाकर्षण गराउन चाहन्छु, जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजानिक गर्ने कि सरकारले पनि गोरखापत्र पढ्ने प्रधानमन्त्रीज्यू ? सरकारले सुझबुझपुर्ण ढंगबाट कानुन र प्रक्रियाको मर्यादा राखेर आफुलाई प्रश्तुत गरोस् । काँग्रेस दोषि कोही उम्किनु हुन्न, निर्दोष कोही फस्नुहुन्न भन्ने मान्यता विगतदेखी नै बोक्दै आएको पार्टी हो । यो मान्यतामा हामी आज पनि प्रष्ट र दृढ छौँ ।’

आङ्देम्बेले नेपाली काँग्रेस दोषी उम्किन नहुने र निर्दोष फस्न नहुने सिद्धान्तमा दृढ रहेको बताउनु भयो । उहाँले आगामी दिनमा यस्ता घटना दोहोरिन नहुनेगरी काम गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा पाँच वर्ष कुनै प्रधानमन्त्रीले सरकार नचलाएको उल्लेख गर्दै वर्तमान सरकारलाई पाँच वर्ष नै सरकार चलाउने वातावरण बनाउन आग्रह गर्नुभयो ।


प्रकाशित मिति: १९ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?