Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्न अध्यक्ष राईको माग


अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्न अध्यक्ष राईको माग

काठमाडौँ। श्रम संस्कृति पार्टी (श्रसपा)का अध्यक्ष हर्कराज राईले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेज गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै अध्यक्ष राईले यस्तो माग गर्नुभएको हो । उहाँले देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि एमसीसी परियोजना खारेज गर्नुपर्ने उहाँको तर्क छ । उहाँले कुनैपनि असमान र राष्ट्रघाती व्यापारिक सन्धि स्वीकार्य नहुने बताउनु भयो । उहाँले एमसीसी सम्झौता सैन्य रणनीतिक उद्देश्यसहित अघि बढाइएको दाबी गर्दै त्यसलाई तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशको स्वाधिनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न, सैन्य रणनीति उद्देश्यका साथ शुरु गरिएको असमान, राष्ट्रघाती व्यापारिक सन्धि सम्झौता एमसीसीलाई खारेज गर्नुपर्छ भनेर म माग गर्न चाहान्छु । सिमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरुले गरिरहेको गितिविधिलाई सक्रिय रुपमा नेपाल सरकारले निगरानी राख्नु्पर्दछ । र संय्ुक्त राष्ट्र संघमार्फत नेपालको सीमाना यकिन गरी त्यसको रक्षार्थ नेपाली सेनालाई खटाउनुपर्छ भन्ने म माग राख्न चाहान्छु । ’ 

उहाँम्ले सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूको गतिविधि बढ्दै गएको उल्लेख गर्दै त्यसप्रति सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले संयुक्त राष्ट्रसंघमार्फत नेपालको सीमा यकिन गर्ने तथा र त्यसको सुरक्षाका लागि नेपाली सेनालाई प्रभावकारी रूपमा परिचालन गर्न पनि माग गर्नुभयो ।


प्रकाशित मिति: १९ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?