Trending
>>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा


काठमाडौँ ।नेपाली काँग्रेसका नेता डा सुनिल शर्माले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । शनिवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले उम्मेद्वारी घोाषणा गरेका हुन् । उनले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । उनले काँग्रेसलाई दूरदराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको बताएका छन् । लोकतन्त्र पुनःस्थापनाका लागि विगतमा आफूले नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि र ‘लभिङ’ गरेको स्मरण गर्दै कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको उल्लेख गरेका छन् । उनले भने, ‘हामी बीपी कोइराला, गिरिजाबाबुको क्षेत्रबाट सहभागी छौँ, हामी विराटनगरवासी, मोरङबासीहरूले त्यसमा गर्व पनि गर्छौं । अहिले बदलिँदो परिस्थितिमा नेपाली काङ्ग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने, दुरदराजमा भएका नेपाली नागरिकका पक्षमा काम गर्ने र २ छाक खानाको निम्ति सङ्घर्ष गरिरहेका र एउटा सामान्य रोग उपचार गर्नबाट वञ्चित भइरहेका तमाम हजारौँको सङ्ख्यामा देशमा विभिन्न दुरदराजमा रहेका नागरिकहरूको पक्षमा अनवरत रूपमा हामी काम गर्दै आएका छौँ । १२ बुँदे सम्झौतादेखि लिएर तत्कालीन प्रधानमन्त्री हाम्रो पार्टी सभापति गिरिजाप्रसाद कोईरालालाई हाउस एरेस्ट गरिरहेको बेला यहाँदेखि भारत हुँदै अमेरिका सम्म पुगेर डेमोक्रेटी डेमोक्रेसी रिनस्टेटको निम्ति लभिङ गर्दै आएको एउटा लामो इतिहास बोकेर आएको हुँ, मैले नेपाली काङ्ग्रेसको यसपालि महामन्त्री पदमा मैले आफ्नो उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु, निर्णय गरेको छु र मेरा अग्रजहरू, मेरा साथीहरू र मुलुक भित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली काङ्ग्रेसका सबै महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईँहरूले साथ दिनुहुनेछ । हामीसँगै हातमा हात मिलाएर नेपाली काङ्ग्रेसलाई जनतासँग जोड्ने अभियान र काङ्ग्रेस बनाउने र काङ्ग्रेस बनिसकेपछी देश बनाउने, यो हाम्रो अभियानमा तपाईँहरूले साथ दिनुहुनेछ ।’ डा. शर्मा मोरङ–३ बाट काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । त्यसअघि शर्मा बेलबारी नगरपालिका–४ बाट क्षत्रिय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए । शर्मा नेपाली काँग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय हुनुहुन्छ । काँग्रेसको १५ औँ महाधिवेशन आईतवारदेखी काठमाडौंको खुलामञ्चमा हुँदैछ ।

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.सुनिल शर्माले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

शनिवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले उम्मेद्वारी घोाषणा गरेका हुन् । उनले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । उनले काँग्रेसलाई दूरदराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको बताएका छन् । लोकतन्त्र पुनःस्थापनाका लागि विगतमा आफूले नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि र ‘लभिङ’ गरेको स्मरण गर्दै कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको उल्लेख गरेका छन् ।

उनले भने, ‘हामी बीपी कोइराला, गिरिजाबाबुको क्षेत्रबाट सहभागी छौँ, हामी विराटनगरवासी, मोरङबासीहरूले त्यसमा गर्व पनि गर्छौं । अहिले बदलिँदो परिस्थितिमा नेपाली काङ्ग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने, दुरदराजमा भएका नेपाली नागरिकका पक्षमा काम गर्ने र २ छाक खानाको निम्ति सङ्घर्ष गरिरहेका र एउटा सामान्य रोग उपचार गर्नबाट वञ्चित भइरहेका तमाम हजारौँको सङ्ख्यामा देशमा विभिन्न दुरदराजमा रहेका नागरिकहरूको पक्षमा अनवरत रूपमा हामी काम गर्दै आएका छौँ । १२ बुँदे सम्झौतादेखि लिएर तत्कालीन प्रधानमन्त्री हाम्रो पार्टी सभापति गिरिजाप्रसाद कोईरालालाई हाउस एरेस्ट गरिरहेको बेला यहाँदेखि भारत हुँदै अमेरिका सम्म पुगेर डेमोक्रेटी डेमोक्रेसी रिनस्टेटको निम्ति लभिङ गर्दै आएको एउटा लामो इतिहास बोकेर आएको हुँ, मैले नेपाली काङ्ग्रेसको यसपालि महामन्त्री पदमा मैले आफ्नो उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु, निर्णय गरेको छु र मेरा अग्रजहरू, मेरा साथीहरू र मुलुक भित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली काङ्ग्रेसका सबै महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईँहरूले साथ दिनुहुनेछ । हामीसँगै हातमा हात मिलाएर नेपाली काङ्ग्रेसलाई जनतासँग जोड्ने अभियान र काङ्ग्रेस बनाउने र काङ्ग्रेस बनिसकेपछी देश बनाउने, यो हाम्रो अभियानमा तपाईँहरूले साथ दिनुहुनेछ ।’

डा. शर्मा मोरङ–३ बाट काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । त्यसअघि शर्मा बेलबारी नगरपालिका–४ बाट क्षत्रिय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए । शर्मा नेपाली काँग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय हुनुहुन्छ । काँग्रेसको १५ औँ महाधिवेशन आईतवारदेखी काठमाडौंको खुलामञ्चमा हुँदैछ ।


प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?