Trending
>>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ


कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले पछिल्लो समयको भीषण वर्षाका कारण जोखिममा रहेको भनिएको कुलेखानी जलविद्युत आयोजनाको बाँध क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणपश्चात मन्त्री श्रेष्ठले बाँध पूर्ण रूपमा सुरक्षित र स्थिर रहेको भन्दै सर्वसाधारणलाई ढुक्क रहन आग्रह गरेका छन् । असोज ८ देखि १२ गतेसम्मको अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि यसको सुरक्षा र तल्लो तटीय क्षेत्रमा पर्ने प्रभावबारे चासो बढेको थियो । सोही सन्दर्भमा शनिवार स्थलगत निरीक्षणका लागि पुग्नुभएका मन्त्री श्रेष्ठले बाँधको भौतिक अवस्थाको जानकारी लिएका हुन् । निरीक्षणका क्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको प्राविधिक टोलीले मन्त्री श्रेष्ठलाई बाँधको हालको अवस्था र बाढीको समयमा अपनाइएको सावधानीबारे ब्रिफिङ गराएको थियो । मन्त्री श्रेष्ठले विषम परिस्थितिमा प्राधिकरणले २४ सै घण्टा निगरानी राख्दै कुशल व्यवस्थापन गरेको भन्दै प्रशंसा गरेका छन् ।

यसअघिको बाढीका कारण देशका विभिन्न जलविद्युत आयोजना तथा प्रशारण लाइनमा क्षति पुगेपछि ऊर्जा प्रणालीमा केही दबाब सिर्जना भएको थियो । तर कुलेखानीको जलाशयमा पानीको राम्रो सञ्चिति भएकाले यसले आगामी सुख्खा याममा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास मन्त्री श्रेष्ठले व्यक्त गरेका छन् । सरकार ऊर्जा सुरक्षालाई प्राथमिकतामा राखेर नियमित तथा गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न प्रतिवद्ध रहेको उनको भनाइ थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले कुलेखानीलाई नेपाली विद्युत प्रणालीको ‘मेरुदण्ड’ को संज्ञा दिँदै यसले ’पिकिङ’ (माग उच्च भएको समय) को माग धान्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । हाल बाँधको अवस्था पूर्णतः सामान्य रहेको र प्रणाली सुरक्षित रहेको उनले स्पष्ट पारेका छन्।


प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?