Trending
>>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

निर्माण व्यवसायीको नयाँ नेतृत्वमा निकोलश पाण्डे निर्वाचित


काठमाडौँ । नेपाल निर्माण व्यवसायि महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् ।

विजयी पाण्डेले ५ सय १४ मत प्राप्त गरेका छन् भने प्रतिष्पर्धी ए डि लामाले ४ सय १३ मत प्राप्त गरेका थिए । महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । घिमिरेले ५ सय २७ मत प्राप्त गर्दा प्रतिष्पर्धी बलिभद्र रानाले ३ सय ८० मत प्राप्त गरे । कोशी प्रदेश उपाध्यक्षमा धिरेन्द्र दाहाल, मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, वागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी भएका छन् । नीतिगत उपमहासचिवमा मंगल शाही विजयी भएका छन् ।

आन्तरिक उपमहासचिवमा सन्तोष शाह विजयी भए । महिलातर्फको उपाध्यक्षमा गङ्गा पोखरेल विजयी भएका छन् भने कोषाध्यक्षमा उज्ज्वल गौतम विजयी भएका छन् । सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भएका छन् ।


प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?