Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

मधेस सहिद लोकमार्ग निर्माण गरिने


१९ चैत ,महेन्द्रनगर (धनुषा) । मधेस सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन सय ११ किलोमिटरको मधेस सहिद लोकमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

जनकपुरधाममा मन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गरी कागजमा मात्र सीमित यो मार्ग निर्माणका लागि एलाइनमेन्ट (रुट रेखाङ्कन) सार्वजानिक गर्दै छिट्टै मन्त्रीपरिषद्बाट पारित गरेर टेण्डर प्रक्रियामा लैजाने बताए ।

मन्त्री यादवले कसैले हिम्मत नगरेसम्म नहुने भएकाले आफूले मधेसको हितका लागि यो निर्माण प्रक्रिया अगाडि बढाउन लागेको दाबी गरे ।

विगत दुई आर्थिक वर्षदेखि स्वीकृति पाएर पनि निर्माण कार्य अगाडि बढ्न नसकेको सो लोकमार्गअन्तर्गत सप्तरीमा ६४, सिरहामा ४६, धनुषामा ३० र महोतरीमा २३ किलोमिटर कालापत्रे सडक बन्नेछ ।

दुईलेनको सो सडक सर्लाहीमा ५१, रौतहट २०, बारा ३६ दशमलव ८६ र पर्सामा ४० किलोमिटर कालोपत्रे बन्नेछ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि रु दुई करोड ५० लाखको लागतमा मार्गको डिपीआर तयार गर्ने प्रक्रियाको थालनी हुने मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?