Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

माओवादीहरूबीचको पार्टी एकतामा जोड


१८ चैत ,काठमाडौँ । नेकपा माओवादी (समाजवादी)ले माओवादी पार्टीहरूबीच पार्टी एकता गर्नुपर्नेमा जोड दिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ले नेत्रविक्रम ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बाँस्तोता नेतृत्वको नेकपा बहुमत र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलगायत पूर्वमाओवादीहरूबीच एकतामा जोड दिए ।

दश वर्षसम्म सँगै जनयुद्ध लडेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डोहोर्याएका माओवादीका नेता अहिले विभिन्न पार्टीमा विभाजित भएका छन् । पछिल्लो समयमा भने पूर्वमाओवादीबीचको एकताबारे छलफल चलिरहेको छ ।

अध्यक्ष बुढाथोकीले भने, “देशको युगान्तकारी परिवर्तनको संवाहक माओवादी विभिन्न समूहमा विभाजन हुँदा उसको योगदन र एजेन्डाहरू संस्थागत हुनसकेको छैन, अब योगदानलाई संस्थागत गर्नका निम्ति पनि माओवादीहरू सबै एक ठाउँमा आउनुपर्ने अहिलेको आवश्यकता छ ।”

उनले माओवादी शक्तिबीचको बृहत् एकतालाई बिथोल्नेहरू माओवादीभित्रै रहेको आरोपसमेत लगाए । सो पार्टीका स्थायी समिति सदस्यद्वय दीपक जङ्गम र कृष्ण खड्का, निर्माण व्यवसायी संयोजक मदन ढकाल र पोलिटब्यूरो सदस्य सुभाष लामाले माओवादीहरू विभाजित भएका कारण परिर्वतनका मुद्दा संस्थागत हुन नसकेको तर्क गरे ।

नेकपा माओवादी (समाजवादी)ले आज १८ वटा जनवर्गीय सङ्गठनका नेतृत्वहरूको घोषणा पनि गरेको छ ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?