Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

माओवादीहरूबीचको पार्टी एकतामा जोड


१८ चैत ,काठमाडौँ । नेकपा माओवादी (समाजवादी)ले माओवादी पार्टीहरूबीच पार्टी एकता गर्नुपर्नेमा जोड दिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ले नेत्रविक्रम ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बाँस्तोता नेतृत्वको नेकपा बहुमत र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलगायत पूर्वमाओवादीहरूबीच एकतामा जोड दिए ।

दश वर्षसम्म सँगै जनयुद्ध लडेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डोहोर्याएका माओवादीका नेता अहिले विभिन्न पार्टीमा विभाजित भएका छन् । पछिल्लो समयमा भने पूर्वमाओवादीबीचको एकताबारे छलफल चलिरहेको छ ।

अध्यक्ष बुढाथोकीले भने, “देशको युगान्तकारी परिवर्तनको संवाहक माओवादी विभिन्न समूहमा विभाजन हुँदा उसको योगदन र एजेन्डाहरू संस्थागत हुनसकेको छैन, अब योगदानलाई संस्थागत गर्नका निम्ति पनि माओवादीहरू सबै एक ठाउँमा आउनुपर्ने अहिलेको आवश्यकता छ ।”

उनले माओवादी शक्तिबीचको बृहत् एकतालाई बिथोल्नेहरू माओवादीभित्रै रहेको आरोपसमेत लगाए । सो पार्टीका स्थायी समिति सदस्यद्वय दीपक जङ्गम र कृष्ण खड्का, निर्माण व्यवसायी संयोजक मदन ढकाल र पोलिटब्यूरो सदस्य सुभाष लामाले माओवादीहरू विभाजित भएका कारण परिर्वतनका मुद्दा संस्थागत हुन नसकेको तर्क गरे ।

नेकपा माओवादी (समाजवादी)ले आज १८ वटा जनवर्गीय सङ्गठनका नेतृत्वहरूको घोषणा पनि गरेको छ ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?