Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

गरिखान सक्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष व्यवसायीको माग


९ चैत्र ,सुरुङ्गा (झापा) । कोशी प्रदेशका व्यवसायीले सरकारसमक्ष आफूलाई गरिखान सक्ने वातावरण सिर्जना गर्न माग गरेका छन् । झापाको बिर्तामोडमा आजदेखि सुरु भएको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको पाँचौँ प्रदेशसभामा सहभागी व्यवसायीले राज्यलाई खर्बौँ कर तिर्ने व्यवसायी अहिले सडकमा आउँदा राज्य मौन बसेको दुःखेसो पोखे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष चण्डीराज ढकालले राज्यले अब पनि व्यवसायीलाई नहेर्ने हो भने सडकमा उत्रनुको विकल्प नरहेको बताए । उनले भने, “कोरोना कहरका कारण सुस्ताएको व्यवसाय अहिले आर्थिक मन्दीका कारण झन धरासायी बनेको छ । यस्तो अवस्थामा राज्य आफैँ अभिभावक बनेर व्यवसायीको हितमा लाग्नुपर्नेमा व्यवसायी राज्यविहीनताको अवस्थामा पुग्नु आफैँमा दुःखद् पक्ष हो ।”

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश अध्यक्ष टीकाराज ढकालले आठ प्रतिशतमा लिएको कर्जाको ब्याज बढेर १६ प्रतिशतसम्म पुग्दा पनि सरकार मौन बस्नु आफैँमा गैरजिम्मेवारीपन भएको बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमियाले बैंक तथा वित्तीय क्षेत्रले ब्याजदर बढाएर व्यवसायीको ढाड सेक्ने काम गरेको बताए। उनले भने, “व्यापार व्यवसाय घटेर ४० प्रतिशतमा आएको छ तर ब्याजदर भने दिनानुदिन बढिरहेको छ, यो भन्दा ठूलो विडम्बना व्यवसायीका लागि के हुन सक्छ ?” नयाँ नेतृत्व चयनका लागि भएको उद्घाटन सत्रमा बोल्ने अधिकांश सहभागीले आर्थिक मन्दीले व्यवसायमा ठूलो असर परेको र नयाँ नेतृत्वले व्यवसायीका समस्या निराकरणका लागि पहल गर्नुपर्ने बताए ।

नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, धनकुट्टा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय सन्तोषी राई, बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, कोशी प्रदेश सदस्य कुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?