Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

मूलपानी क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिन आग्रह


४ चैत्र ,काठमाडौँ । सांसद सोविता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकि छन्‌ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतृ गौतमले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गरी मूलपानी क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनले प्रधानमन्त्रीसमक्ष आफू निर्वाचित भएको काठमाडौँ निर्वाचन क्षेत्र नं २ का विभिन्न समस्या पनि राखेकि छ्न्‌ ।

सांसद गौतमले नेपालले क्रिकेटमा सफलता प्राप्त गरेको सन्दर्भमा सरकारले अर्को क्रिकेट मैदान जतिसक्दो चाँडो पूरा गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न योग्य बनाउनुपर्ने बताए । सोही अवसरमा प्रधानमन्त्री दाहालले मूलपानी क्रिकेट मैदान निर्माणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?