Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

काँग्रेसले आफ्नै नेतृत्वमा मात्रै सरकारमा जानुपर्छ


कल्याण गुरुङ (कांग्रेस केन्द्रीय सदस्य )

मेरो व्यक्तिगत धारणा धेरैलाई अप्रिय लाग्न सक्छ । तर कहिलेकाही नेपाल, नेपाली, बहुदलीय लोकतन्त्र र नेपाली काँग्रेसको हितमा अप्रिय निर्णयहरु पनि लिनु पर्ने हुन्छ । ईतिहास साक्षी छ, नेपालको ज़िम्मेवार लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसले यस्ता केही अप्रिय निर्णयहरु लिएको छ, जुन निर्णयहरु कालान्तरमा नेपाल, नेपाली, बहुदलीय लोकतन्त्र र नेपाली काँग्रेसको हितमा भएको छ ।

नेपालको संबिधानको धारा – २८४ मा भएको ‘संबैधानिक परिषद सम्बन्धी व्यवस्था’लाई गंभीरतापुर्वक अध्ययन र मनन गरौं । नेपाली काँग्रेसले ‘प्रधानमन्त्री’ नपाएसम्म संसदमा प्रमुख ‘विपक्षी दल’मा नै बस्नु पर्छ ।नेपाली काँग्रेसले आफ्नै दलको नेतृत्व बाहेक अन्य कुनै पनि दलको नेतृत्वमा सरकारमा समावेश हुनु हुँदैन । नेपालको संविधानमा संवैधानिक परिषदको व्यवस्था –

(क) प्रधानमन्त्री – अध्यक्ष
(ख) प्रधान न्यायाधीश – सदस्य
(ग) प्रतिनिधि सभाको सभामुख – सदस्य
(घ) राष्ट्रिय सभाको अध्यक्ष – सदस्य
(ङ) प्रतिनिधि सभाको विपक्षी दलको नेता – सदस्य
(च) प्रतिनिधि सभाको उपसभामुख – सदस्य

नेपाली काँग्रेस अन्य कुनै पनि दलको नेतृत्वमा सरकारमा सहभागी भए लगतै उसको प्रमुख विपक्षी दलको हैसियत प्रतिनिधि सभामा रहदैन र उसले प्रतिनिधि सभाको विपक्षी दलको नेताको हैसियतमा ‘संवैधानिक परिषद’मा भाग लिन पाउँदैन ।

बर्तमान अवस्थामा नेपाली काँग्रेसले दुई अवस्थामा मात्र ‘संवैधानिक परिषद’को बैठकमा भाग लिन पाउछ । एउटा ‘प्रधानमन्त्री’ भएको अवस्थामा र अर्को प्रतिनिधि सभामा प्रमुख ‘विपक्षी दल’को हैसियत कायम रहेको अवस्थामा । यसैले यी दुई बाहेक अन्य कुनै पनि अवस्थामा ‘संबैधानिक परिषद’मा नेपाली काँग्रेसको प्रतिनिधित्व हुने अवस्था अहिले विधमान छैन । यसर्थ, नेपाली काँग्रेसले आफ्नै दलको नेतृत्व बाहेक अन्य कुनै पनि दलको नेतृत्वमा सरकारमा समावेश हुनु हुँदैन ।

प्रतिनिधि सभाको समानुपातिक तर्फको निर्वाचनमा २७,१५,२२५ (२५.७१%) मत प्राप्त गरेको र प्रत्यक्ष तर्फको निर्वाचनमा ५७ स्थानमा विजयी हाँसिल गरि जम्मा ८९ सांसद रहेकोमा (प्रत्यक्षबाट ५७ जना र समानुपातिकबाट ३२ जना), जसमा एक जना निलम्बित हुँदा प्रतिनिधि सभामा अहिले जम्मा ८८ जना सांसदहरु भएको प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको ‘संवैधानिक परिषद’मा प्रतिनिधित्व नहुनु बहुदलीय संसदीय व्यवस्थाको र वर्तमान संविधानको मूल मर्म र भावना विपरीत हुन्छ ।

के प्रतिनिधि सभामा भएको सबैभन्दा ठुलो दलको प्रतिनिधित्व ‘संवैधानिक परिषद’मा नहुने वा नरहने अवस्थाको परिकल्पना यो संविधान निर्माण गरिएको समयमा गरिएको थियो र ? के प्रतिनिधि सभामा भएको सबैभन्दा ठुलो दलको प्रतिनिधित्व ‘संवैधानिक परिषद’मा नहुने वा नरहने अवस्थाको परिकल्पना संसारको कुनै पनि बहुदलिय संसदीय व्यवस्था भएको मुलुकको संविधानमा गरिएको छ र ?

के यस्तो अवस्थाको परिकल्पना बहुदलीय संसदीय व्यवस्था (जसलाई नेपाली काँग्रेसले मुख्य आदर्शकोरुपमा स्वीकार गर्दछ)मा गरिएको छ र ?यसैले नेपाली काँग्रेसले ‘प्रधानमन्त्री’ नपाएसम्म प्रमुख ‘विपक्षी दल’मा नै बस्नु पर्दछ र यो सैद्धान्तिक, संवैधानिक, लोकतान्त्रिक र आदर्श कदम नेपाल, नेपाली, बहुदलीय लोकतन्त्र र नेपाली काँग्रेसको हितमा हुन्छ ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?