Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

कांग्रेसलाई अब समय खेर फाल्ने सुविधा छैन !


  • दिलबहादुर गुरुङ

जेनजी आन्दोलनसँगै मुलुकमा फागुन २१ मा आम निर्वाचनको प्रक्रिया अघि बढिसकेको छ। आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थितिमा कांग्रेसलाई पार्टीको आन्तरिक निर्वाचन (महाधिवेशन) र आम निर्वाचनको तयारी सँगसँगै गर्नुपर्ने अवस्था आएको छ। कांग्रेसको महाधिवेशनको प्रक्रिया आम निर्वाचन भन्दा जटिल छ। वडा तहदेखि विदेशमा रहेका जनसम्पर्क समितिसम्मको निर्वाचन नगरी महाधिवेशन अगाडि बढ्न सक्दैन। अन्यौलताको यो घडीमा समय छोटो छ, तर कांग्रेसको कदम देशको भाग्य र भविष्यसँगै जोडिन्छ। यस कारण, कांग्रेसले समयमै उचित निर्णय नगरे भने देश थप अन्यौलतामा फस्ने खतरा छ।

मुलुकको भाग्य र भविष्य बोकेको जेठो दल कांग्रेस भित्रको यो अलमल देश र विदेशमा रहेका कांग्रेसजन र शुभेच्छुहरूका लागि ठूलो चिन्ताको विषय बनेको छ।

निर्वाचन घोषणा भइसकेको अवधिमा कांग्रेसलाई नेतृत्वको टुंगो लगाएर नयाँ जनमतको लागि तयारी गर्न ६ महिनाको समय थियो। तर, अहिले कांग्रेस विशेष अधिवेशन कि नियमित महाधिवेशन गर्ने भन्ने विषयमा रूमल्लिएको छ। मुलुकको भाग्य र भविष्य बोकेको जेठो दल कांग्रेस भित्रको यो अलमल देश र विदेशमा रहेका कांग्रेसजन र शुभेच्छुहरूका लागि ठूलो चिन्ताको विषय बनेको छ।

आन्दोलन लगत्तैको अन्यौलता र शून्यताको अवस्थामा समयलाई सामान्य अवस्थामा फर्कन केही हप्ताको समय स्वभाविक नै मान्न सकिन्छ तर, अझैसम्म महाधिवेशनको पुर्वसर्तको रुपमा रहेकोे क्रियाशील सदस्यताको टुंगो लागिसकेको छैन ।आन्दोलनको मर्मअनुसार, पार्टीका हरेक तह, तप्का र सदनमा पनि युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्नु पर्ने जिम्मेवारी पनि कांग्रेसको छ।

लामो समयदेखि बसिरहेको केन्द्रीय समिति पनि अहिले विशेष र नियमित अधिवेशनका झगडामा सिमित देखिन्छ। अब समय यसै व्यतीत नगरौं। सबैलाई समेट्ने र संकटमा निकाश दिने कांग्रेस बन्नु आजको आवश्यकता हो।

साथै, मुलुक दुर्घटनामा जाँदा कांग्रेसको कदम सहि थिए कि थिएनन्? कांग्रेसले पार्टीको सिद्धान्तअनुसार काम गर्न सक्यो कि सकेन? पार्टीको मूल सिद्धान्त बिर्सिएर सत्ता मात्रैको लागि लाग्नु गल्ती थियो कि? यी सबै कमजोरीहरूको विश्लेषण गरी आगामी रणनीति बनाउनु आजको आवश्यकता हो।

लोकतन्त्र जोगाउन निर्वाचनको विकल्प छैन, तर अधिवेशन कहिले गर्ने भन्नेमा कांग्रेस अलमलिएको छ। एकदमै कम समयमा महाधिवेशन गर्नु चुनौतीपूर्ण छ। यसबीच, क्रियाशील सदस्यताको नवीकरण र नयाँ सदस्यताको टुंगो लगाएर नियमित महाधिवेशनको वातावरण बनाउने जिम्मेवारी पाएका महामन्त्रीहरूले विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्दा, करिव छ हप्ता समय यसै बितेको छ। यस समयलाई उचित रूपमा व्यवस्थापन गरिएको भए, परिणाममा केन्द्रित हुन सकिन्थ्यो। तर, लामो समयदेखि बसिरहेको केन्द्रीय समिति पनि अहिले विशेष र नियमित अधिवेशनका झगडामा सिमित देखिन्छ। अब समय यसै व्यतीत नगरौं। सबैलाई समेट्ने र संकटमा निकाश दिने कांग्रेस बन्नु आजको आवश्यकता हो।

-गुरुङ नेपाली जनसम्पर्क समिति यूरोपका नेता  तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अनुशासन बिभाग प्रमुख हुन् ।


प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?