Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

येन्या पुन्हीको जीवन्तता:आदिवासी समुदायको आवश्यकता


सत्य राम कासिछ्वा

नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय मुलुक हो । यहाँका माैलिक जात्रा पर्व विश्व समुदायको लागि आदर्श सभ्यताको प्रतीक हो । यहाँका माैलिक जात्रा पर्वले आदिवासी समुदायको पहिचान विश्व सभ्यतालाई इङ्गित गरेको हुन्छ ।

इन्द्र जात्रा नेपाल विशेषगरी काठमाडौं उपत्यकामा मनाइने एक महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यस जात्राको मुख्य केन्द्र काठमाडौंको हनुमानढोका दरबार क्षेत्र भए तापनि उपत्यकाका विभिन्न ठाउँमा फरक तरिकाले मनाइन्छ । इन्द्र जात्रा विशेषगरी नेवार समुदायले धूमधामका साथ मनाउने पर्व हो, तर यसले सम्पूर्ण नेपालीहरूको सांस्कृतिक पहिचान बोकेको छ। वर्षा र बालीका देवताको रूपमा इन्द्रलाई सम्मान स्वरुप इन्द्रजात्रा गरिन्छ । जात्राबाट सामुदायिक एकता, परम्पराको संरक्षण, र धार्मिक श्रद्धा झल्किन्छ। यस जात्राले नेवार समुदायको समृद्ध सांस्कृतिक पहिचानलाई प्रदर्शन गर्छ। यो जात्राले वर्षा, समृद्धि, प्राकृतिक संकटबाट रक्षा र समुदायबीचको एकता र शान्ति को कामना गर्दछ ।

जात्रा मनाउनुको कथन

इन्द्र जात्रा भगवान इन्द्रको सम्मानमा मनाइन्छ। हिन्दू धर्मअनुसार इन्द्र वर्षाका देवता हुन्। पुरातन कथन अनुसार, इन्द्रका छोरा जयन्तले आफ्नी आमा वसुन्धराको गणेश चतुर्थीका दिनमा व्रतको लागि पृथ्वी लोकबाट पारिजात (स्वर्गीय फूल) लगायत खाईसी (सुन्तला जातको एक फल/काली ज्यामिरेका जातिको एक किसिमको तितो अमिलो फल) लिन आउँदा बगैंचाका मालिकले चोरीको अभियोग समातेर चाैबाटोमा बन्दी बनाएका थिए। पछि उनको पहिचान खुलेपछि क्षमा मागी पूजा आराधना गरियो। यस घटनाको सम्झनामा इन्द्र जात्रा मनाउने परम्परा शुरु भएको मानिन्छ।

ऐतिहासिक पृष्ठभूमि र सृष्टि

येन्या पुन्ही (इन्द्रजात्रा) द्वापर युगदेखि लिच्छवीकाल हुँदै मनाइँदै आएको एक प्राचीन पर्व हो। तर मौलिक रूपमा राजा जगत प्रकाश मल्लको शासनकाल (वि.सं. १८१२–१३) मा यसमा नयाँ ऐतिहासिक रूप आएको हो, जब गणेश, भैरव र कुमारीका रथ तानेर उत्सवलाई थप भव्य बनाएर व्यवस्थित आयोजनाको स्वरूप दिई प्रचलनमा आएको थियो ।

काठमाडौंको येन्या पुन्हीको विशेषता

येन्या पुन्ही (Kathmandu Indra Jatra): यसलाई नेवारी भाषामा “येन्या” भनिन्छ, जसको अर्थ “काठमाडौंको चाड” हो। तापनि यो चाड काठमाडौं लगायत नेवार बाहुल्यता भएको उपत्यकाका विभिन्न भागमा विभिन्न किसिमले मनाइन्छ ।

इन्द्र जात्रा काठमाडौं उपत्यकाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक विरासतको प्रतीक हो। काठमाडौंमा लाखे नाच, जीवित देवी कुमारीलाई रथमा राखी “कुमारी जात्रा”, गणेश र भैरवका रथ पनि तानेर कुमारीसँगै रथयात्रा तथा दिपंकर बुद्ध प्रदर्शनीले नेवार समुदायका विभिन्न सम्प्रदाय बीच एकता, धार्मिक श्रद्धा र परम्पराप्रतिको सम्मानलाई उजागर गरिन्छ । पर्यटनका दृष्टिले पनि यो जात्रा अत्यन्तै महत्वपूर्ण मानिन्छ।

भक्तपुरको इन्द्रजात्रा

यो जात्रा भक्तपुरमा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन सुरु भई भाद्र शुक्ल चतुर्थी सम्म आठ दिन मनाइन्छ। भक्तपुरको इन्द्रजात्रा काठमाडौं र पाटनको इन्द्रजात्रा भन्दा केही फरक शैलीमा मनाइन्छ। यो जात्रा साकोलान, गोल्मढी र दरबार क्षेत्र लगायत नगरका भित्री क्षेत्रहरूमा मनाइन्छ । भक्तपुरमा इन्द्रजात्रा नेवार समुदायको परम्परागत संस्कार अनुसार मनाइन्छ, जसमा देवी–देवताका नाच, खट, र मुकुण्डो प्रमुख आकर्षण हुन्छन्।

भक्तपुरको इन्द्रजात्राको विशेषता तथा महत्त्व

भक्तपुरको इन्द्रजात्रा केवल एक धार्मिक उत्सव मात्र होइन, यो नेवार संस्कृतिको गहिरो परिचय हो। देवगण नाच, लाखे नाच, र इन्द्रध्वज (यम द्य:) जस्ता परम्पराले हजारौं वर्ष पुरानो सांस्कृतिक ज्ञान, मान्यता, र सामुदायिक चेतनालाई जीवन्त राखिरहेका छन्।
भक्तपुरको इन्द्रजात्रा (Indra Jatra) को विभिन्न सांस्कृतिक र महत्वपूर्ण पाटाहरूलाई उजागर गर्छन् । रैती पूजाआजा, लाखे र पुलुकिसी नाच, याँ मता यम द्य: सिद्धपोखरीमा दीपावली र उत्सवको उल्लासमय माहोलमा आधारित छन्।

भक्तपुरमा येन्यापुन्हीका प्रमुख परम्परागत  विधानहरू र उत्सवका क्रियाकलापहरू

इन्द्रध्वज/यमद्यो (Yama Dyo) ध्वजस्थापन (यःसीं ठनेगु)
इन्द्रजात्राको सुरुवातको रूपमा भक्तपुरमा भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वज यमद्य ठड्याएर गरिन्छ । भक्तपुरका सबै मुख्य टोलहरू :जस्तै गोल्मढी, चासुखेल, दत्तात्रय, सूर्यमढी, सुकुलढोका, इटाछेँ आदि टोलमा अग्लो यम द्य:(Yaama Dyo) जात्रा सुरु हुन्छ । यस्ता खम्बाहरूलाई स्थानीय गुठीहरूले एकीकृत गरेर स्थापना गर्दछन् । स्थानीय पुजारी/नेवार गुठीले विशेष विधि पूरा गर्छन् ।

भक्तपुरका परम्परागत २४ वटा टोलमा पुरानो समयमा ३२ स्थानमा खम्बा राखिन्थ्यो, तर अहिले संख्या घट्दै गएको छ । यो एक अग्लो रित्तो पोल हो, जुन इन्द्र देवताको छोरा जयन्तको प्रतीक मानिन्छ । इन्द्र देवताको प्रतीक मानी वर्षा, समृद्धि, र सुरक्षा मागेर जात्राको सुरुवातमा नगरको विशेष स्थानमा इन्द्रध्वज (यम द्य:) ठड्याइन्छ। लिङ्गो ठड्याउनु अगाडि पूजाआजा गरिन्छ । इन्द्रध्वज ठड्याउनुको अर्थ इन्द्र देवतालाई स्वागत गर्नु हो।दोस्रो दिनलाई यम द्य: को नित्यपूजा र आरतीबाहेक अरू विशेष पूजा नहुने हुँदा ‘दिकु’ (विश्राम) भन्ने प्रचलन रहेको छ ।

इन्द्रायणी जात्रा (Indrayani Jatra)

इन्द्रायणी देवीलाई इन्द्रको आमा भनेर चिनिन्छ, र उनी सम्पत्ति, वर्षा, उर्वरता आदिको प्रतीक देवी हुन्। पर्वको तेस्रो दिन इन्द्रजात्राको दिन भक्तपुर खाैमा स्थित देवी इन्द्रायणीलाई उनकाे देवालय (द्योछेँ) बाट निकालेर सिद्धपोखरी/ इन्द्र दह सम्म खटमा (चढाउने थाल) द्वारा लैजाने परम्परा छ। इन्द्रायणी देवगृहबाट इन्द्रायणीलाई रथमा विराजमान गराई, ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराएर बाजागाजासहित धुमधामसँग जात्रा गरी सिद्धपोखरीमा लाने प्रचलन छ । यस दिन रातभरि सिद्धपोखरी अर्थात् इन्द्रदहमा देवतालाई राख


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?