Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो


१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको अभाव रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघको १२ औँ एकता महाधिवेशनमा उहाँले देश बनाउने संकल्प भएमा छोटो समयमै नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताउनुभएको हो । उहाँले नेपालीहरू बौद्धिक, आर्थिक, शारीरिक तथा मानसिक रूपमा देशलाई समृद्ध बनाउन सक्षम रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र सजिलै बनाउन सकिने बताउनु भयो । नेपालभित्र र बाहिर रहेका नेपालीहरूको आर्थिक गतिविधिलाई जोड्ने हो भने अर्थतन्त्र अहिले नै करिव १०० बिलियन डलर पुग्न लागिसकेको उहाँको भनाई छ । हाल ८० लाख नेपालीहरु बाहिर रहेको र वार्षिक करिव २० अर्ब डलर रेमिट्यान्स नेपाल भित्रिने गरेको उहाँले बताउनु भयो । नेपालभित्रको अर्थतन्त्र जति छ, त्यति नै आर्थिक गतिविधि विदेशमा रहेका नेपालीहरूसँग पनि जोडिएको उहाँको भनाई छ । उहाँले नेपाललाई समृद्ध बनाउन गैरआवासीय नेपालीहरूको लगानी महत्वपूर्ण हुने पनि बताउनु भयो । सरकारसँग गुनासो मात्रै गर्ने प्रवृत्ति त्यागेर देश निर्माणमा सक्रिय भुमिका खेल्न उहाँले गैरआवसीय नेपालीहरुलाई आह्वान गर्नुभयो । उहाँले विदेशी लगानी आकर्षित गर्नुअघि गैरआवासीय नेपाली तथा स्वदेशी निजी क्षेत्रको लगानी बलियो बनाउनुपर्नेमा पनि जोड दिनुभयो । गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको लगानी मजबुत नभएसम्म विदेशी लगानी सहज रूपमा नेपाल भित्रिन नसक्ने उहाँको भनाई छ । उहाँले नेपालीको निजी क्षेत्रले गैरआवासीय नेपालीहरुलाई बेवास्ता गरेको पनि गुनासो गर्नुभयो । नेपालको निजी क्षेत्र र गैरआवासीय नेपाली मिलेर काम नगरेसम्म नेपालले आर्थिक प्रगति गर्न नसक्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘हामीले नेपालीहरु बौद्धिक, आर्थिक, शारीरिक, मानसिक रुपमा नेपाललाई समृद्ध बनाउने क्षमता राखेका नेपालीहरु हौँ । हामीबीचमा एउटै कुराको अभाव छ, संकल्पको । त्यो संकल्प गरेमा छोटो समयमा नेपाललाई समृद्ध बनाउन सकिन्छ । २००३ मा ३० लाख नेपालीहरु बाहिर थिए, आज ८० लाख नेपाली बाहिर छन् । त्यो बेलामा ५ बिलियनको रेमिट्यान्सका कुरा गर्दा आज २० बिलियनका रेमिट्यान्सका कुरा गरिरहेका छौँ । देशको जिडिपी नेपालभित्र जति छ, त्यत्तिकै नेपाल बाहिर भएको छ । १० वर्षमा १०० बिलियनको ईकोनोमी बनाउने कुरा गरिरहेका छोँ, आजै यदी नेपाल बाहिर र भित्रको जोड्ने हो भने झन्डै १०० बिलियन पुग्न लागेका छौँ । हामी नेपाललाई किन समृद्ध बनाउन सक्दैनौ ? म गैरआवसीय नेपाली मित्रहरुलाई भन्न चाहन्छु, हामी सरकारसँग गुनासो मात्रै गर्छौं, सबै राम्रो भएको भए तपाई हाम्रो के आवश्यकता पर्ने थियो र ? जुन बेलामा देश अफ्ठ्यारोमा छ, नियम कानुनहरु अफ्ठ्यारा छन्, त्यस्ता बेला तपाई हामी आएर नेपाल बनाउने अभियान अगाडी बढाउनुपर्छ । आज नेपालीहरु विदेशी लगानीको कुरा गर्छौं । जबसम्म गैरआवासीय नेपालीका लगानी आउँदैनन् । नेपालभित्रै रहेका लगानीकर्ताहरुको लगानी राम्ररी अगाडी बढ्दैनन्, अरु विदेशी लगानीकर्ताको लगानी त्यतिकै लाउँदैनन् । पहिला यहाँका निजी क्षेत्रले गैरआवासीय नेपाली संघलाईसँगै लिएर हिड्ने गरेका थिए, तर अहिले यहाँका निजी क्षेत्रले लगानीका विभिन्न कार्यक्रमहरु गरेका हुन्छन्, तर गैरआवसीय नेपालाई अहिले छाडिदिनुभएको छ । केही व्यक्तिहरुको मतभेदलाई लिएर संस्थालाई भेदभाव नगर्नु नेपालको निजी क्षेत्र र गैरआवासीय नेपाली मिलेर अगाडी बढेमा यो देश छिटो अगाडी बढ्छ ।’

उहाँले गैरआवसीय नेपालीहरुलाई विदेशमा बसेर सरकार र नेपालीलाई देश बनाउने सुझाव मात्रै नदिन आग्रह गर्नुभयो । देश बनाउने दायित्व सबैको भएको उल्लेख गर्नुहुँदै उहाँले नेपालमा आएर योगदान गर्न आह्वान गर्नुभयो ।


प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?