Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

मदन भण्डारी राजमार्ग सिन्धुली खण्ड अवरुद्ध


मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बिहानदेखि अवरुद्ध भएको छ । कमलामाई नगरपालिका–१३ रानीबासमा स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् । आज बिहान जङ्गली हात्तीको आक्रमणबाट घरमै सुतिरहनुभएका ४० वर्षीय दण्डपाणि पौडेलको मृत्युको विषयलाई लिएर पीडित पक्ष र स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग अवरुद्धका कारण सवारी आवागमन बन्द भएको छ । गन्तव्यतर्फ गुडेका सवारी साधनहरू रानीबासमा दुईतर्फ रोकिएका छन् । स्थानीयवासीले विभिन्न मागसहित राजमार्गमा बसेर सवारी आवागमन अवरुद्ध पारेको स्थानीय वृहस्पति पौडेलले जानकारी दिनुभयो ।

बिहान ९ बजेदेखि राजमार्ग बन्द गरिएको र जायज माग पूरा नहुन्जेलसम्म राजमार्ग अवरुद्ध रहने उहाँको भनाइ छ । स्थानीय बासिन्दाका मागलाई स्थानीय प्रशासनले लामो समयदेखि उचित सम्बोधन नगरेका कारण हात्तीको आक्रमणबाट मानिसको मृत्यु भएपछि सथानीय आक्रोशित भएका छन् । मानिसको अकालमै मृत्यु भएपछि स्थानीयवासीले आफ्नो सुरक्षाको माग गर्दै आन्दोलन गर्न बाध्य भएको उहाँको भनाइ रहेको छ । उहाँले भन्नुभयो, “जङ्गली हात्ती आतङ्कबाट मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्ति, मृतकले संरक्षण गरेको संरक्षित परिवारलाई राज्यले संरक्षण गर्नुपर्ने, जङ्गली हात्तीका कारण सम्पत्ति क्षति भएका परिवारलाई क्षतिपूर्ति र जङ्गली हात्तीको व्यवस्थापन गर्नुपर्ने हाम्रा माग रहेका छन् ।” अवरुद्ध राजमार्ग सञ्चालन गर्ने सवालमा छलफलको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

स्थानीयवासीको मागका सवालमा छलफल गरी अवरुद्ध राजमार्ग पुनः सञ्चालन गरी अलपत्र परेका यात्रुलाई गन्तव्यतर्फ पु¥याउने सवालमा पहल भइरहेको उहाँले जानकारी दिनुभयो । हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारले मृतकको शव बुझेका छैनन् । मृतकको सिन्धुली अस्पतालमा शवपरीक्षण गरिएको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?