Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

आज पाकिस्तान जाँदै सन्दीप, अर्को पेशी २१ गते


११ ,भाद्र ,काठमाडौँ । सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि आज पाकिस्तान जाने भएका छन् ।

हिजो अदालतमा सुनवाइ स्थगित भएसँगै उनको पाकिस्तान यात्रा तय भएको हो ।

अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । एसिया कप १३ भदौबाट सुरु हुँदैछ ।

नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ ।

अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन् ।

यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ ।

मुद्दाको दवावका कारण एसिया कप नखेल्ने मनस्थिति बनाए पनि समर्थकको चाहना र आग्रहमा जान लागेको स्रोतले बतायो ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?