Trending
>>   पहाडी भू-भागका एक-दूई स्थानमा वर्षा र तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने >>   आज मिति २०८१ साल मङ्सिर ०१ गते शनिबार , हेर्नुहोस आजको राशिफल >>   मोवाइल फुड ल्याव भ्यानबाट दक्षिणकाली नगरपालिका क्षेत्रमा रहेका खाद्य पदार्थको अनुगमन >>   एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत >>   सार्वजनिक पर्खालका भित्तामा कलात्मक भित्ते चित्र (फोटो फिचर ) >>   फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिए >>   बिना राउत र गायक रबिनको ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक >>   इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष प्रचण्ड >>   ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबिच शिष्टाचार भेट >>   प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छ : परराष्ट्रमन्त्री डा राणा
Logo
१ मंसिर २०८१, शनिबार
१ मंसिर २०८१, शनिबार

नारायणीमा बन्ने पुलको सर्भे सुरु


७ ,भाद्र ,चितवन । चितवन र नवलपरासी जोड्ने नारायणगढस्थित नारायणी नदीमाथि बन्ने सिग्नेचर पुलको सर्भेको काम थालिएको छ ।

पुल महाशाखाको टोलीले भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकाका प्रमुखसहितको टोलीसँग स्थलगत निरीक्षण गरी छलफल गरेको हो ।

भरतपुर महानगरकाका प्रमुख रेनु दाहाल, गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, पुल महाशाखाको टोली, सडक विभागका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधिसहितको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको छ ।

पुल महाशाखाका उपनिर्देशक नरेशमान शाक्यका अनुसार सिग्नेचर पुल अहिले भएको पुलभन्दा उत्तरतर्फ बन्ने छ ।

उक्त पुल चार वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइने उनले जानकारी दिए ।

सिग्नेचर पुल निर्माणका लागि तुँही कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ भने अहिले पुल डिजाइनको काम भइरहेको कम्पनीले जनाएको छ ।

चार सय २० मिटर लामो उक्त पुल निर्माणका लागि रू एक अर्ब ६८ करोड ७६ लाख ठेक्का सम्झौता भएको छ ।

राष्ट्रिय राजमार्गलाई जोड्ने गरी नारायणी लिफ्टभन्दा उत्तरतर्फबाट गैँडाकोट जोड्ने अर्को पुलको टोलीले फिल्ड सर्भे पनि गरेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत लामो समयदेखि पुल निर्माणका लागि महानगरपालिकाले पहल गरिरहेको बताउँदै अबको केही समयपछि यस कामले पूर्णता पाउनेमा विश्वस्त रहेको उललेख गरिन् ।

सिग्नेचर पुलसहित राष्ट्रिय राजमार्ग जोड्ने तीनवटा पुल निर्माण हुँदा भरतपुरले विकासमा गुणात्मक फड्को मार्ने उनको भनाइ थियो ।

भरतपुर र नवलपरासी जोड्ने अरु दुई पुल निर्माणका लागि स्थलको अवलोकन गरिएको पुल महाशाखाको टोलीले जनाएको छ ।

महाशाखाले भरतपुर महानगरपालिका वडा नं २६ को घोसराघाटबाट नवलपुरको प्रगतिनगर जोड्ने पुलको स्थलगत निरीक्षण गरेको महाशाखाका उपनिर्देशक शाक्यले जानकारी दिए ।

यस्तै गोलाघाटबाट नवलपुर जोड्ने गरी ठेक्का सम्झौता भई स्थगित भएको स्थानको पनि टोलीले अवलोकन गरेको उनले बताए ।

भरतपुर र माडी ठोरी जोड्ने गरी अर्को पुल निर्माणको तयारी गरिएको छ ।

उक्त पुल भरतपुर महानगरपालिका वडा नं २४ अन्तर्गत ध्रुव र चितवन राष्ट्रिय निकुञ्ज जोड्ने गरी निर्माण गरिने महाशाखाले जनाएको छ ।

यसका लागि ध्रुवको निरीक्षण एवं अनुगमन गर्नुका साथै वातावरणीय अध्ययन प्रतिवेदन (इआइए) गरी यसै आर्थिक वर्षको अन्त्यसम्म ठेक्का सम्झौता गर्ने तयारी थालिएको शाक्यले जानकारी दिए ।

पुल महाशाखाका अनुसार तीनवटा नयाँ पुल निर्माण गर्न एकैपटक ठेक्का सम्झौता गर्ने तयारी भएको छ ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?