Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

पात्लेखर्कमा खेलमैदान निर्माण


म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेको दुर्गम बस्ती पात्लेखर्कमा खेलमैदान निर्माण भएको छ । स्थानीय सप्तऋषि युवा क्लबले रघुगङ्गा गाउँपालिकाको सहयोगमा खेलमैदान निर्माण गरेको हो । चालु आर्थिक वर्ष २०७९/८० मा रघुगङ्गाले विनियोजन गरेको रु १० लाख बजेटमा जनश्रमदानसमेत जुटाएर भलिबल र बास्केटबलको कोर्ट ढलान गरी खेलमैदान निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष अङ्कित पुनमगरले जानकारी दिनुभयो ।

“पहिले कच्ची खेलमैदान थियो, यस पटक मैदानलाई ढलान गरी तयार गरेका हौँ, अब भलिबल र बास्केटबल खेल्न सहज भएको छ”, पुनले भन्नुभयो । खेलमैदान तयार भएपछि अभ्यास गर्न सहज भएको सप्तऋषि युवा क्लबका अध्यक्ष विवश फगामीले बताउनुभयो । “बालबालिकादेखि युवामा रहेको खेलप्रतिभाको विकास गराउन सहज भएका छ”, उहाँले भन्नुभयो ।

तीस परिवारको बसोबास रहेको पात्लेखर्कमा निर्माण गरिएको खेलमैदानलाई नजिकैको जनसुन्दर आधारभूत विद्यालयले समेत प्रयोग गर्नसक्ने क्लबले जनाएको छ । खेलमैदानमा घेरबारसमेत गरिएको छ । खेलकुद प्रतियोगिता र स्थानीयस्तरमा मेला सञ्चालनका लागि स्टेज निर्माण गर्ने तयारी छ ।


प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?