Trending
>>   अमेरिका भन्सार शुल्क वृद्धिबाट आफैँ हारिरहेको छः अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू >>   आउँदो बजेटबाटै सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छः अर्थशास्त्री केशव आचार्य >>   आज मिति २०८१ साल चैत्र ३१ गते आइतबार ,हेर्नुहोस् आजको राशिफल >>   शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरुको अडान >>   १७ हजारको हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैनः अध्यक्ष दाहाल >>   जीवन भोगाइ र अनुभवको लिखित सङ्गालो नै पुस्तक होः पूर्वप्रधानन्यायाधीश कार्की >>   काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैनः स्वास्थ्यमन्त्री पौडेल >>   इजिप्टले इन्धनको मूल्य १५ प्रतिशतले बढायो >>   गलत सूचनाका कारण योगी आदित्यनाथ दिल्लीस्थित नेपाली दुतावास जानुभएको भने, त्यसको खण्डन गर्छुः देउवा >>   संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छः शेखर कोईराला
Logo
१ बैशाख २०८२, आईतवार
१ बैशाख २०८२, आईतवार

कर्णालीमा बढ्दैछन् लागूऔषध दुर्व्यसनी


कर्णालीमा लागूऔषध दुव्र्यसनी बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लागूऔषधको अवैध ओसापसार र बिक्री वितरण रोक्ने विशेष पहल गर्नुपर्नेमा सरोकारवालाको जोड छ । सबैको समन्वयमा नै अहिले बढिरहेको लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न सकिने उहाँहरुको भनाइ छ । नागरिक समाजका अगुवा पिताम्बर ढकाल विभिन्न नाकामा कडाइ गर्नाका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्रदेश भित्रिने नाकामा कडाइ गर्नुपर्छ, कडाइ मात्र गरेर भएन, सचेतनाका कार्यक्रम आम नागरिकसम्म पुर्याउन सके मात्रै लागूऔषध न्यूनीकरण गर्न सकिन्छ ।”

पछिल्लो समय कर्णालीमा लागूऔषध दुव्र्यसनी बढिरहेको बताउँदै यसको न्यूनीकरणमा अहिलेदेखि नै नलागे भयावह स्थिति आउन सक्ने ढकालले बताउनुभयो । सरोकारवाला नारायण सुवेदीले पनि लागूऔषध दुर्व्यसन प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको भन्दै दुर्व्यसनी बढ्नुका कारणको खोजी हुनुपर्ने सुझाव दिनुभयो । गैरसरकारी संस्था र सरकारले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी नभएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लागूऔषध न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै विभिन्न सरकारी तथा गैरसरकारी निकायले गरेका कार्यक्रमलाई प्रभावकारी बनाउन म सुझाव दिन्छु ।” प्रदेश प्रहरी कार्यालयका अनुसार चालू आर्थिकको हालसम्म लागूऔषधको ओसारपसार, प्रयोग र बिक्री वितरणका ५५ मुद्दा प्रहरीमा दर्ता भएका छन् । उक्त घटनामा एक सय दुई जनालाई प्रतिवादी बनाई प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । त्यसमा ९८ पुरुष र सात महिला संलग्न रहेका छन् ।

गत आव २०७८/७९ मा ९५ मुद्दा प्रहरीमा दर्ता भएका थिए । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले एक सय ७२ जनालाई मुद्दा दायर गरी पक्राउ गरेको थियो । प्रहरी प्रवक्ता श्रेष्ठले बर्सेनि लागूऔषध दुर्व्यसन बढेको भन्दै नियन्त्रणका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “विद्यालय तहदेखि नै लागूऔषध नियन्त्रणसम्बन्धी सचेतना फैलाउन आवश्यक छ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “अब सबै पक्षले हातेमालो नगरे कर्णाली प्रदेशमा लागूऔषध दुर्व्यसनी दर भयावह हुन सक्छ, त्यसैले विद्यालय तहदेखि सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिन्छ ।”


प्रकाशित मिति: २० माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?