Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

तेक्वान्दोको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू


विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा बिहीबारदेखि यहाँ सुरू भएको छ । प्रदेश नं १ आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा सुरु भएको ग्रेडिङ परीक्षामा तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपेटी तेस्रो डान ग्रेडिङ परीक्षा रहेको आइटिएफ तेक्वान्दोका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं १ का अध्यक्ष प्रवीण कार्कीले जानकारी दिनुभयो ।

प्रदेशका ४१ तेक्वान्दो खेलाडीको सहभागिता रहेको उक्त परीक्षामा उत्तीर्ण हुने खेलाडीलाई ग्रेड वृद्धि गरिने कार्कीले बताउनुभयो । प्रदेश नं १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले ग्रेडिङ परीक्षाको उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासमा सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले तीन तहको सरकार खेलकुद क्षेत्रको विकासमा अगाडि बढेर यस क्षेत्रको विकासमा लाग्नुपर्ने विचार राख्नुभयो ।

प्रदेशसभा सदस्य जयप्रकाश चौधरी, नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासङ्घका अध्यक्ष तथा नेपाल आइटिएफका केन्द्रीय उपाध्यक्ष कार्कीले खेलकुदले अनुशासन कायम गर्ने भएकाले यस क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।


प्रकाशित मिति: २० माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?