Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

तेक्वान्दोको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू


विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा बिहीबारदेखि यहाँ सुरू भएको छ । प्रदेश नं १ आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा सुरु भएको ग्रेडिङ परीक्षामा तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपेटी तेस्रो डान ग्रेडिङ परीक्षा रहेको आइटिएफ तेक्वान्दोका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं १ का अध्यक्ष प्रवीण कार्कीले जानकारी दिनुभयो ।

प्रदेशका ४१ तेक्वान्दो खेलाडीको सहभागिता रहेको उक्त परीक्षामा उत्तीर्ण हुने खेलाडीलाई ग्रेड वृद्धि गरिने कार्कीले बताउनुभयो । प्रदेश नं १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले ग्रेडिङ परीक्षाको उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासमा सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले तीन तहको सरकार खेलकुद क्षेत्रको विकासमा अगाडि बढेर यस क्षेत्रको विकासमा लाग्नुपर्ने विचार राख्नुभयो ।

प्रदेशसभा सदस्य जयप्रकाश चौधरी, नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासङ्घका अध्यक्ष तथा नेपाल आइटिएफका केन्द्रीय उपाध्यक्ष कार्कीले खेलकुदले अनुशासन कायम गर्ने भएकाले यस क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।


प्रकाशित मिति: २० माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?