Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

गोरखा स्मारक निर्माण गर्न आर्थिक सहयोग


तमुधिं युकेले स्याङ्जाको साल्मेडाँडास्थित निर्माणाधीन गोरखा स्मारक निर्माणका लागि रु एक लाख सहयोग गरेको छ । तमुधिं युकेका अध्यक्ष हरि गुरुङ र वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले पोखरामा बुधबार आयोजित एक कार्यक्रमबीच स्मारक निर्माण समितिका अध्यक्ष जङ्गबहादुर गुरुङ, महासचिव डा चन्द्रबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

साल्मेडाँडामा भूतपूर्व गोरखा सैनिकको योगदानलाई जीवन्त राख्ने गरी गोरखा स्मारक निर्माण भइरहेको छ । नेपाल भ्रमण–२०२३ सकेर बेलायत फर्कन लागेको उक्त टोलीले हालै गुरुङ समुदायको बाक्लो बस्ती रहेको कास्कीको घान्द्रुक र सिक्लेस गाउँ, पर्वतको चार भञ्ज्याङ क्षेत्र र पूर्वस्थित ओखलढुङ्गाको रुम्जाटार क्षेत्रको भ्रमण गरेको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले गुरुङ जातिहको नाममा धेरै सङ्घसंस्था र सङ्गठन खुलेको उल्लेख गर्दै धेरै सङ्घसंस्थालाई एउटै छाता संस्थामा एकीकृत गर्नुपर्नेमा जोड दिनुभयो ।


प्रकाशित मिति: १९ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?