Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

राष्ट्रिय महिला भलिबल प्रतियोगिता ः माघ २१ देखि २४ गतेसम्म


शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै सातादेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगिता यही माघ २१ देखि २४ गतेसम्म हुने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ । यसमा साबिक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ र एभरेष्ट भलिबल क्लब छन् । नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी ‘लिगकम नकआउट’का आधारमा खेल सञ्चालन गरिनेछ ।

प्रतियोगिताको विजेताले रु तीन लाख पुरस्कार पाउनेछन् भने उपविजेताले रु एक लाख ५० हजार पाउनेछ्न । त्यस्तै तेस्रो हुने टोलीलाई रु ७५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: १८ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?