Trending
>>   म्यानमारको अन्तर्राष्ट्रिय अटो एक्स्पोमा चिनियाँ ईभीहरूको बाहुल्यता >>   एयर चाइनाद्वारा बेइजिङ—ताश्कन्दबीच सिधा उडान शुरु >>   हङकङमा आँधीको चेतावनी जारी >>   टर्किएमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३३ घाइते >>   साउनको पहिलो सोमवार आज, पशुपतिमा भक्तजनको भीड (तस्बिरसहित) >>   वातावरण संरक्षणका लागि लायन्स ३२५ एम को वृहत् फलफूलजन्य वृक्षारोपण कार्यक्रम >>   मौसम : यी प्रदेशमा आज मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०५ गते सोमबार >>   चालु आर्थिक वर्ष १ सय २० वटा कानून निर्माण गर्ने सरकारको लक्ष्य >>   एन्फा युथ लिगमा शिर्षमा उक्लियो संकटा, मनाङको पहिलो हार
Logo
५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

राष्ट्रिय महिला भलिबल प्रतियोगिता ः माघ २१ देखि २४ गतेसम्म


शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै सातादेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगिता यही माघ २१ देखि २४ गतेसम्म हुने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ । यसमा साबिक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ र एभरेष्ट भलिबल क्लब छन् । नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी ‘लिगकम नकआउट’का आधारमा खेल सञ्चालन गरिनेछ ।

प्रतियोगिताको विजेताले रु तीन लाख पुरस्कार पाउनेछन् भने उपविजेताले रु एक लाख ५० हजार पाउनेछ्न । त्यस्तै तेस्रो हुने टोलीलाई रु ७५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: १८ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?